२२ असार २०८३, सोमबार

देउवा भाजपाको मुख्यालयमा गएको विषयमा परराष्ट्रमन्त्रीको यस्तो स्पष्टीकरण

देउवा भाजपाको मुख्यालयमा गएको विषयमा परराष्ट्रमन्त्रीको यस्तो स्पष्टीकरण

परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादा विपरित विजेपी पार्टीको मुख्यालयमा पुगेको चर्चा भइरहेका बेला मन्त्री खड्काले प्रधानमन्त्रीको हैसियतमा नभई पार्टी सभापतिको हैसियतमा उनले सो भ्रमण गरेको स्पष्टीकरण दिएका हुन् । 

आइतबार साँझ प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको र त्यसलाई कूटनीतिक मर्यादा विपरित भन्न नमिल्ने पनि बताए । परराष्ट्रमन्त्री खड्काले भने, ‘यो कूटनीतिक मर्यादा विपरित भन्ने धारणा ठिक होइन । नेपाली काँग्रेसको सभापति भएको नाताले नेपाली काँग्रेस अन्य विभिन्न देशका पार्टीहरुसँग पनि एउटा मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । चीनको कम्युनिष्ट पार्टीसँग पनि नेपाली काँग्रेसको राम्रो सम्बन्ध छ । त्यस्तै गरेर भारतको काँग्रेस पार्टीसँग पनि छ । र, अहिले भारतीय जनता पार्टीमा उहाँ प्रधानमन्त्रीको नाताले जानु भएको होइन । उहाँ नेपाली काँग्रेसको सभापति भएको नाताले पार्टी पार्टीबीचको सम्बन्धलाई विस्तार गर्नका लागि, सम्बन्ध कायम गर्नका लागि उहाँ विजेपी पार्टीको मुख्य कार्यालयम जानु भएको हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्