×

NMB BANK
NIC ASIA

पर्यटक बोक्न पूर्व लागे विमान, हुम्लासहित कर्णालीका हिमाली जिल्लामा उडान ठप्प

चैत २१, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन ।

Muktinath Bank

हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या बनाएको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान र जिल्ला पुग्न थप समस्या निम्तिएको हो । 


Advertisment
Nabil box
Kumari

सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतवारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । 

Vianet communication
Laxmi Bank

उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता भएको नेपालगञ्जमा टिकट नपाएर भौँतारिरहेको विशाल परियारले गुनासो पोखे । 

निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी उडान ठप्प गरेका बताइएको छ ।

नेपाल वायु सेवा निगमका उडान कम

नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट हुम्लाका लागि कम उडान भर्दै आएको छ । 

टिकट वितरणमा पक्षपात भएको नेपालगञ्जमा रहेका यात्रुले गुनासो पोखेका छन् । 

नेपालगञ्जमा रहेका निगमका कर्मचारीले आफन्त तथा ठूलाबडाको फोनका आधारमा आफ्नो मानोमानी ढंगले टिकट वितरण गरिरहेको पाइएको छ । 

सो कार्यालयका कर्मचारीले गरेको व्यवहारले लामो समयदेखि हुम्ली नागरिकले ठूलो समस्या झेल्नु परेको छ । विभिन्न कामका लागि जिल्लाबाहिर नेपालगञ्जको राँझा एअरपोर्टमा सयौँ सेवाग्राही अलपत्र परेका छन् । गत फागुन अन्तिम सातादेखि हवाई उडान नहुँदा हुम्लाका करिब ४० देखि ६० नागरिक होटलमा बस्न बाध्य छन् । 

हुम्ला उडान भर्ने टिकटका लागि दैनिक नेपाल एयरलाइन्सको कार्यालय जाँदा सो कार्यालयका कर्मचारीले उल्टै धम्काउने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । 

हुम्लाकै संगीता फडेराले भनिन्, 'गोजीमा पैसा छैन, धेरै दिनदेखि बिहानबाटै बेलुकासम्म लाइनमा बस्दा पनि निगमका कर्मचारीले सुनुवाइ गरेका छैनन्, निगमका कर्मचारीले बाहिरबाटै फोनका भरमा टिकट वितरण गर्दा अन्य हुम्लाका गरिब, निमुखा नागरिक टुलुटुलु हेरिरहनुपर्ने बाध्यता छ ।'

त्यस्तै आर्थिक अभावका कारण नेपालगञ्जमा बिरामीकै अवस्थामा रहेका ७९ वर्षीय टक्कबहादुर शाहीले फागुनको अन्तिमदेखि घर फर्कनका लागि धेरै प्रयास गरे पनि टिकटको अझै अत्तोपत्तो नभएको बताए । टिकटका लागि गएका सिद्धबहादुर बुढा भन्छन्, 'नेपाल एअरलाइन्सको कार्यालयमा जाँदा त्यहाँका कर्मचारीले उल्टै धम्क्याउने गरेका छन् ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x