२२ असार २०८३, सोमबार

बुद्धिजीवी परिषद्को अध्यक्षमा डा. देवकोटा चयन

बुद्धिजीवी परिषद्को अध्यक्षमा डा. देवकोटा चयन

नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को दशौं राष्ट्रिय अधिवेशनबाट प्रा.डा. दिनेशचन्द्र देवकोटा चयन भएका छन् । 

उनको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरूपमा चयन गरिएको छ । 

डा. देवकोटा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कमिटीको उपाध्यक्षमा क्रमशः विधान आचार्य, प्रा. कामानन्द देव, कविता लुइँटेल, डा. दीपेन्द्र भण्डारी र राधा अधिकारी, महासचिवमा गजेन्द्र थपलिया, उपमहासचिवमा गोविन्दबहादुर शाही र सुशील विक, सचिवमा क्रमशः कृष्णकुमार लम्साल, डा. सुन्दर तिवारी, ऋषि खनाल, टीका ढकाल, डा. दीपेन्द्र श्रेष्ठ, डा. अर्जुन सिंह र यज्ञ शर्मा तथा कोषाध्यक्षमा गोपीकृष्ण न्यौपाने चयन भएका छन् ।

चैत २० र २१ गते आयोजित अधिवेशनले ३ आयोगमा पनि पदाधिकारी चयन गरेको महासचिव थपलियाले जानकारी दिए । अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्