×

धमाधम घोषणापत्र बनाउँदै राजनीतिक दलहरू

चैत २४, २०७८

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् ।

सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले केन्द्रीय तहमा घोषणापत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।


Advertisment

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले नीतिगत विषय समावेश गरेर केन्द्रबाट बनाउने घोषणापत्रलाई स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा छुट्टै घोषणापत्र बनाउन सक्ने जानकारी दिए ।


Advertisment

‘केन्द्रले पोलिसीगत विषय समेटेर घोषणापत्र बनाउँदै छ, स्थानीय तहले त्यसमा टेकेर स्थानीय आवश्यकतासमेत समावेश गरी स्थानीय घोषणापत्रसमेत बनाउन सक्नेछन्, त्यो अधिकार कांग्रेस केन्द्रले स्थानीय तहलाई दिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले भने ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ‘गाउँ नगर घरघर जाऊँ, माओवादी केन्द्रलाई विजय गराऔं’ नारा स्थानीय तह निर्वाचनका लागि तय गरेको छ । यसैगरी ‘जसको नीति उसकै नेतृत्व’ भन्ने दोस्रो नारासमेत माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि तय गरेको छ । माओवादी केन्द्रले आधिकारिक रूपमा नारालाई घोषणापत्रमै ल्याउने बताएको छ ।

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट घोषणापत्रको अवधारणा बनाएर स्थानीय तहलाई नै घोषणापत्र बनाउन दिने तयारी गरेको छ ।

माओवादी केन्द्रका नेता लिलामणि पोखलेलले केन्द्रबाट अवधारणा बनाइने र घोषणापत्र स्थानीय तहले नै बनाउने जानकारी दिए ।

‘केन्द्रबाट अवधारणा बन्छ, घोषणापत्र स्थानीय तहले नै बनाउँछन्, पार्टी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रको अवधारणा बनाउँदै हुनुहुन्छ,’ माओवादी केन्द्रका नेता पोखरेलले भने ।

यसैगरी, नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन २०७९ का लागि ‘जनतामा जाऔं, नेकपा (एकीकृत समाजवादी)लाई जिताऔं’ नारा तय गरेको छ । तर, नाराले आधिकारिकता घोषणापत्रमार्फत नै पाउनेछ । आफ्नो दललेसमेत स्थानीय आवश्यकताका आधारमा घोषणापत्र बनाउने महासचिव वेदुराम भुषालले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अझै पनि स्थानीय तह निर्वाचनलक्षित नारा तय गरिसकेको छैन । एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेताहरू देशभर निर्वाचनलक्षित प्रचार भेलामा व्यस्त रहेकाले नारा तय गर्न ढिलाइ भएको र एमालेले घोषणापत्रसँगै चुनावी नारा पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।

रिजालका अनुसार एमालेले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउन ईश्वर पोखरेललाई संयोजक तोकेको छ । पोखरेल नेतृत्वको समितिले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा तयार गर्ने अधिकार पाएको छ ।

जनता समाजवादी पार्टीले पनि आधिकारिक रूपमा स्थानीय निर्वाचनको नारा तय गरिसकेको छैन भने घोषणापत्र स्थानीय आवश्यकताका आधारमा बनाउने नीति लिएको छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)समेत स्थानीय तहको निर्वाचनको तयारीमा नारा तय गर्ने र घोषणापत्र बनाउने तयारीमा सक्रियताका साथ अघि बढेको नेत्री चन्दा चौधरीले जानकारी दिइन् । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x