×

स्थानीय निर्वाचन : आआफ्नै रणनीति दलहरू

चैत २५, २०७८

आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ ।

निर्वाचनमा होमिनका लागि उनीहरूले आआफ्ना रणनीति बनाउँदैछन् ।


Advertisment

कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा प्रमुख जसले जहाँ जितेको छ उसैले प्रमुख लिने र एमाले जितेको ठाउँमा दोस्रो मत ल्याउने दलले प्रमुख लिनुपर्ने प्रस्ताव गरेको छ । तेस्रो स्थान ल्याउने दलले उपप्रमुख लिने उसको प्रस्ताव छ ।


Advertisment

गठबन्धनका एक नेताका अनुसार कांग्रेसको यो प्रस्ताव अरू दलका नेताले अस्वीकार गरेका छन् । गत निर्वाचनमा एमाले विजयी भएको अधिकांश ठाउँमा कांग्रेसले दोस्रो स्थान ल्याएको थियो । सोही कारण माओवादी र एकीकृत समाजवादीका नेताले कांग्रेसको सो प्रस्ताव अस्वीकार गरेका छन् । महानगरबाहेकका पालिकामा आवश्यकता र परिस्थिति हेरेर चुनावी तालमेल गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिको बैठकले गरिसकेको छ ।

माओवादी र एकीकृत समाजवादीका नेताहरू गत निर्वाचनमा विजयी भएको ठाउँलाई यथावत् राख्दै एमाले विजयी भएको ठाउँमा भागबन्डा गर्नुपर्ने अडानमा रहेका छन् । गत राष्ट्रिय सभाको निर्वाचनमा समेत यही मापदण्डका आधारमा पाँच दलीय गठबन्धनभित्र सहमति भएको थियो ।

तर एकीकृत समाजवादीले एमालेले विजयी भएको स्थानीय तहमा समाजवादीले पाउनुपर्ने अडान राख्दै आएको छ । जसपा भने गत निर्वाचनको मत परिणामको आधारमा नभई न्यायोचित र सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने अडानमा छ । निर्वाचनपश्चात् विभिन्न पार्टीसँग एकीकरण भएकाले सोहीअनुसार सिट बाँडफाँट हुनुपर्ने अडान जसपाको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिक रूपमै न्यायोचित र सम्मानजनक सिट बाँडफाँट नभए गठबन्धनको आवश्यकतासमेत नरहेको टिप्पणी गरेका छन् । जनमोर्चाले भने आफ्नो प्रभाव रहेको ठाउँमा आफूले पाउनुपर्ने दाबी पेस गर्दै आएको छ । प्युठान, बाग्लुङ, अर्घाखाँचीलगायतका जिल्लामा आफ्नो संगठन राम्रो भएको भन्दै जनमोर्चाले ती जिल्लामा दाबी पेस गरेको हो ।

शीर्ष नेताहरूको आआफ्नै प्रस्ताव र दाबी आउन थालेपछि जिल्लाको वस्तुस्थिति बुझेर जिल्लाबाट आउने यथार्थ विवरणको अध्ययनपश्चात् सिट बाँडफाँटको मापदण्ड निर्धारण गरिने तयारीमा गठबन्धन रहेको छ ।

माओवादी केन्द्रका नेता एवं समितिका सदस्य देव गुरुङले जिल्लाबाट रिपोर्ट आइसकेपछि गठबन्धनले अध्ययन गरेर सिट बाँडफाँटको मापदण्ड निर्धारण गर्ने बताए । रिपोर्ट जिल्लाबाट अझै आई नसकेको बताउँदै ती रिपोर्ट अध्ययन गरेर आवश्यकताअनुसार शीर्ष नेताहरूसँग समेत सल्लाह गरेर सिट बाँडफाँटको मापदण्ड तय गरिने गुरुङले बताए ।

जिल्लाजिल्लाबाट रिपोर्ट आइसकेपछि सोहीअनुसार पाँच दलीय गठबन्धनले प्रदेश, जिल्ला, पालिका तथा वडा स्तरसम्म संयन्त्र बनाएर अगाडि बढ्नेछ । पाँच दलीय गठबन्धनले ७ सय ५३ वटै पालिकामा चुनावी गठबन्धन गरेर एमालेलाई कमजोर बनाउने रणनीतिमा रहेको छ । उता एमालेले समेत चुनावी गठबन्धनका लागि साना दलसँग सहकार्य गर्ने रणनीतिमा रहेको छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x