×

सपना बन्यो विराटनगर चक्रपथ : २४ वर्षमा सडकको ट्र्याक खोल्ने कामसमेत पूरा भएन

चैत २७, २०७८

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

स्पष्ट दृष्टिकोण र सम्भाव्यता अध्ययनबिनै आयोजना कार्यान्वयनमा जाँदा त्यो सपना बाँड्ने माध्यममात्र बन्छ भन्ने उदाहरण बनेको छ– विराटनगर चक्रपथ । त्यस्तै, समस्याका कारण ४२ किलोमिटरको चक्रपथ निर्माण सुरु गरिएको २४ वर्षमा पनि सडकको ट्र्याक खोल्ने कामसमेत पूरा हुन सकेको छैन ।

विराटनगरलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न र व्यवस्थित सहरी विकासको नमुना बनाउने उद्देश्यसाथ एकीकृत जग्गा विकासको माध्यमबाट थालिएको चक्रपथ निर्माण परियोजनाले कटहरी, झोराहाट, टङ्कीसिनवारीसहित विराटनगर महानगरपालिकाका विभिन्न वडालाई समेट्नेछ । कुल ३४ मिटर चौडाइको मूल सडक रहने चक्रपथका सहायक सडकको चौडाइ भने १० मिटरसम्म रहनेछ ।


Advertisment

२०५४ सालमा तत्कालीन भौतिक, योजना तथा यातायातमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गर्नुभएको चक्रपथ निर्माण ठप्प त छैन तर गति भने कछुवाको भन्दा मन्द छ । प्रदेश १ को राजधानीसमेत रहेको औद्योगिक नगरी विराटनगरको समृद्धिका लागि र बढ्दो सवारी चाप व्यवस्थापनमा सहयोगी बन्ने लक्ष्यसाथ निर्माण सुरु गरिएको थियो ।


Advertisment

पटक–पटक विभिन्न कार्यालयबाट योजना र अधिकार सर्दै आएको सो चक्रपथ निर्माण बजेट अभावका कारण पछि धकेलिँदै आएको हो । हाल सङ्घीय सरकारको सहरी विकास कार्यालयले हेर्दै आएको चक्रपथ निर्माणलाई हाल आएर प्रदेश सरकारमातहत रहेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा लगाइएको छ । तर, पर्याप्त बजेट उपलब्ध नगराई परियोजनामात्र जिम्मा लगाइएका कारण निर्माणको गति सुस्त छ ।

आर्थिक वर्ष २०७५/०७६ बाट जिम्मा पाएको पूर्वाधार विकास कार्यालयले सो आर्थिक वर्षमा ५० लाख रुपियाँ खर्च गरेर सडक मर्मत गरेको थियो । आव ०७६/७७ मा एक किलोमिटर चार लेन मापदण्डको सडक निर्माणका लागि ठेक्का लगाइएकोमा कोरोनाका कारण काम पूरा नभएको भन्दै म्याद थप गरिएको छ । कार्यालयको जिम्मामा आएसँगै चक्रपथ निर्माणमा हालसम्म करिब एक करोड ३१ लाख ९६ हजार रुपियाँ खर्च भएको छ ।

सडकमात्र हस्तान्तरण
“सडकमात्र हस्तान्तरण भएको छ,” पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सुशील श्रेष्ठ भन्छन्, “विराटनगरको मेरुदण्डका रूपमा रहेको परियोजनामा बजेट नै छैन ।”

पहिलो चरणमा निमुवादेखि सीमासम्म १७ किलोमिटर सडक कालोपत्रे गर्ने र दोस्रो चरणमा बाँकी २५ किलोमिटर कालोपत्रे गर्ने योजना बनाइएकोमा सोचेअनुरूप बजेट विनियोजन नहुँदा काम हुन नसकेको उनी बताउँछन् । परियोजना सुरु गर्दा ४२ करोड ७० लाख ७७ हजार रुपियाँ कुल लागत हुनेगरी बजेट विनियोजन गरिएको थियो । तर, निर्माणमा सुस्ततासँगै निर्माणसामग्रीको बढेको मूल्यका कारण परियोजनाको लागतमा २०औँ गुणाले अन्तर देखिएको छ ।

अझै मुआब्जा विवाद
उता, स्थानीयवासीसँग मुआब्जा विवाद नमिल्दा झोराहाट र दरैया बस्तीमा हालसम्म ट्र्याक खोल्ने कामसमेत हुन सकेको छैन । चक्रपथ निर्माण खण्डमा स्थानीयवासीका घर परेको र उचित मुआब्जा नभएको भन्दै स्थानीयवासी अदालतसम्म पुगेका छन् । स्थानीय तहको समन्वयमा मुआब्जा विवाद मिलाउन सकिने जनाउँदै आएको पूर्वाधार विकास कार्यालयले पर्याप्त बजेट आए तीन वर्षभित्र चक्रपथ निर्माण सम्पन्न हुने जनाएको छ । परियोजना सम्पन्न गर्न करिब पाँच अर्बभन्दा बढी रकम लाग्ने अनुमान कार्यालयको छ ।

सङ्घीय सरकारले सुरु गरेको परियोजना भएका कारण ससर्त अनुदानमा चक्रपथ निर्माण सम्पन्न गर्न बजेट दिने अपेक्षामा रहेको प्रदेश सरकार बजेट अभावले आफ्नै परियोजना सञ्चालन गर्न समस्या परेको समयमा यसको निर्माण अघि बढाउन समस्या परेको छ । परियोजना हस्तान्तरण गर्दा केही बजेट प्राप्त भएको र कामसमेत गरेको तर बजेट अभावका कारण काम अघि बढाउन समस्या परेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्रदेश सरकारका तर्फबाट त्यसबारे राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा जानकारीसमेत गराएको उनले बताए ।

कनिका छरेजस्तो बर्सेनि बजेट विनियोजन हुँदा काम अघि बढाउन सकस परेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली बताउँछन् । “दुई दशकभन्दा बढी समय बितिसकेको छ । तर, कामको गति भने बढ्नै सकेन,” उनी भन्छन्, “विराटनगरको विकासका लागि मुख्य परियोजना मानिएको चक्रपथ निर्माणमा महानगरले पटक–पटक बजेटका लागि आग्रह गरेको छ ।”

जनताबीच गएर सधैँ बजेट अभावका कारण काम हुन नसकेको बताउनसमेत अप्ठ्यारो हुने गरेकाले चक्रपथलाई प्राथमिकतामा राखेर सरकारले बजेट निकासा गर्नुपर्ने उनको भनाइ छ । गोरखापत्र दैनिकमा धीरज दाहालले खबर लेखेका छन् ।

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x