×

NMB BANK
NIC ASIA

स्थानीय निर्वाचन

भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदीको नाम सिफारिश, देवी ज्ञवालीले नै गरे प्रस्ताव

चैत २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवारमा विजय सुवेदीको नाम सर्वसम्मत सिफारिश भएको छ ।

Muktinath Bank

महानगर कमिटीको आइतवार बसेको बैठकले पार्टीका बागमती प्रदेश कमिटी सचिव सुवेदीको नाम सर्वसम्मत रूपमा जिल्ला कमिटीसमक्ष सिफारिश गर्ने निर्णय गरेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य एवं अघिल्लो चुनावमा भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार देवी ज्ञवालीले नै सुवेदीको नाम प्रस्ताव गरेका थिए भने प्रतिनिधि सभा समेत रहेका पूर्व जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए । 


Advertisment
Nabil box
Kumari

चितवन २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य सुवेदी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा झण्डै २ महिनाका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका थिए ।

Vianet communication
Laxmi Bank

जनतामा लोकप्रिय छवि भएका सुवेदीले चितवनमा तीन कार्यकाल पार्टीको नेतृत्व गरिसकेका छन् ।

भरतपुर महानगरको उपप्रमुखको नाममा भने छलफल भइरहेको अध्यक्ष न्यौपानेले बताए ।

भरतपुरको मेयरको उम्मेदवार बनाउने विषयमा विषयमा सत्ता गठबन्धनमा भने खिचातानी छ ।

हाल महानगरको नेतृत्व गरिरहेको माओवादी केन्द्रले रेनु दाहाललाई नै दोहोर्‍याउन खोजे पनि कांग्रेसले कुनै हालतमा मेयर नछाड्ने बताउँदै आएको छ ।

गठबन्धनमा खिचातानी रहेकाले बेला एमाले सर्वसम्मत उम्मेदवार सिफारिश गरेर चुनावी दौडमा होमिएको छ ।

महानगर प्रमुखको उम्मेदवार महानगरको प्रस्ताव तथा जिल्ला र प्रदेशको सिफारिशमा केन्द्रले चयन गर्ने एमालेको आन्तरिक कार्यविधि छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x