×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

बुटवलको चुनावी चर्चा : गठबन्धनले कांग्रेसमा देखिएको उत्साह र खेलराजको अंकगणित

बैशाख ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा कहिल्यै बलियो गरी उभिन नसकेको नेपाली कांग्रेस मेयरको उम्मेदवार सबैभन्दा अगाडि टुंग्याएर निर्वाचनमा होमिएको छ ।

Muktinath Bank

सधैँ आफ्नो आधार इलाका भन्ने एमालेले उम्मेदवार छनोटमा ढिलाइ ढिलाइ गर्दा कार्यकर्तामा अन्योल देखिएका बेला कांग्रेस उम्मेदवार टुंगो लगाएर चुनावी माहोलमा होमिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धन सहयात्री दलहरूको समेत समर्थन रहने भएकाले कांग्रेसका नेता/कार्यकर्ता हौसिएका छन् । बुटवलको मेयरमा कांग्रेसबाट खेलराज पाण्डेलाई अगाडि सारिएको छ । 


Advertisment
Nabil box
Kumari

२०७४ मा बुटवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । 

Vianet communication
Laxmi Bank

हाल गठबन्धनमा आबद्ध दलका मेयरका उम्मेदवारको कूल मत २१ हजार ३० मत हुन्छ जुन एमाले उम्मेदवार एक्लैले ल्याएको भन्दा २ हजार २१९ मत कम हो । 

यसपटकको निर्वाचनमा बुटवलमा ९० हजार ६५ मतदाता छन् । गठबन्धन भए पनि कांग्रेसका लागि बुटवल त्यति सहज नभएको सो पार्टीका नेता कार्यकर्ता स्वीकार्छन् ।

गत निर्वाचनभन्दा बुटवलमा २४ हजार मतदाता थपिएका छन् । नयाँ मतदातालाई जसले ‘क्यास’ गर्न सक्छ त्यही पार्टीले चुनाव जित्ने निश्चित छ । 

उपमेयर भने नेकपा (एकीकृत समाजवादी) ले पाउने सहमति भएको छ । विगतमा भोग्नुपरेको पराजयलाई गठबन्धनबाट फर्काउने कांग्रेसको रणनीति छ । 

पाण्डे तीनपटक बुटवलको नगर सभापति भएका व्यक्ति हुन् । 

उनी गएको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका थिए । सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए । 

सादगी नेताको छवि बनाएका पाण्डेको सरलता कार्यकर्ताले रुचाएको कांग्रेस बुटवलका कार्यकर्ता नरिश्वर पौडेल बताउँछन् । उनले भने, ‘पाण्डेले बुटवलको मेयर हुनेबाहेक अन्य धेरै महत्त्वाकांक्षा पालेको देखिन्न ।’

उनी राजनीतिक रंगमञ्चमा ‘लो प्रोफाइल’ कांग्रेस कार्यकर्ता भएर होमिएका व्यक्ति हुन् ।

उनले गएको निर्वाचनमा आफूलाई पराजित गर्ने अहिलेका मेयर शिवराज सुवेदीलाई माला लगाइदिएर बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ कोटाकोटमा वि.स. २०२६ सालमा लीलाबल्लभ पाण्डे र माता तारादेवी पाण्डेका सन्तानका रूपमा खेलराजको जन्म भएको थियो ।

उनी २०३८ सालमा बुटवल झरे पनि २०४६ सालयता स्थायी रूपमा बुटवलमा बसोवास गर्दै आएका छन् ।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका पाण्डेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को जिम्मेवारीबाट राजनीतिक यात्रा शुरू गरेका थिए ।

२०३९ सालमा आदर्श मावि कोटाकोटमा नेविसंघको सदस्यता लिएर राजनीति शुरू गरेका पाण्डे वि.स २०४४ सालमा अमृत साइन्स क्याम्पस, काठमाडौंमा नेविसंघको सहसचिव थिए ।

२०४६ सालमा रूपन्देही आएपछि उनको विद्यार्थी राजनीति यात्रा झनै फराकिलो बन्यो ।  २०४७ सालमा बुटवल बहुमुखी क्याम्पस नेविसंघ उपसभापति, २०५२ सालमा नेविसंघ रूपन्देही सचिव, २०५९ सालमा तरूण दल रूपन्देही जिल्ला अध्यक्ष र २०६० सालमा तरूण दल केन्द्रीय सदस्य हुँदै २०६७ सालदेखि हालसम्म नेपाली कांग्रेस बुटवल नगर सभापति रहेका छन् । 

२०७२ मा बुटवल नगर विकास समितिको सभापति भएपछि पाण्डेसँग बुटवलको विकासमा राजनीतिक, आर्थिक र सामाजिक नाता जोडिन पुग्यो । नेपाली कांग्रेसका पूर्णकालीन कार्यकर्ता खेलराज आफ्नो जीवन नै राजनीतिमा व्यतित भएको बताउँछन् ।

बीपी कोइरालाका पुस्तकहरूको अध्ययनबाट प्रभावित भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका पाण्डेले कांग्रेसभित्र पनि लोभलालचरहित, सामान्य परिवार, सरल तथा प्रस्ट वक्ताको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेका छन् । 

बिहानदेखि साँझसम्म सर्वसाधारणको समस्या समाधानमै समय बिताउने पाण्डे बुटवलका हरेक गल्ली तथा चोकचोकमा हिँडेरै नागरिकका दुःखसुखमा सहभागी हुने गरेको बताउँछन् । 

गठबन्धन दलका सबै कार्यकर्ताबाट भोट आए आफूले अंक गणितको आधारमा यसपटक जित्ने उनको आत्मविश्वास छ । रूपन्देहीमा ३८ दल चुनावी प्रतिष्पर्धामा छन् । ‘हाम्रो पार्टीभित्र देखिएको असन्तुष्टिले चुनावी परिणाममा असर गर्दैन । बुटवलमा विकल्पको खोजी भइरहेको छ । म यसपटक चुनावी जित्छु’ पाण्डेले भने । 

लुम्बिनी प्रदेशभित्र सर्वाधिक चासोका साथ बुटवल उपमहानगरपालिकाको चुनावलाई लिइन्छ । कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले एमालेको सांगठनिक संरचना र अर्कातर्फ गठबन्धनको साझा उम्मेदवार भएकाले बुटवलमा कडा प्रतिस्पर्धा हुने बताए ।

‘गठबन्धन इमान्दारिताका साथ कार्यान्वन भए बुटवलमा यसपटक नेतृत्व उल्ट्याउन सकिन्छ । यसपटक भोट क्रस गर्ने छुट कसैलाई हुने छैन,’ उनले भने ।

कांग्रेस सहितका गठबन्धन दलले एमाले बाहेकका दलहरूसँग पनि सहकार्य गर्न छलफललाई अगाडि बढाएका छन् ।

बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीको मत पनि राम्रै छ । गएको निर्वाचनमा जनमुक्तिका जनकबहादुर थापा मगरले १ हजार १५१ मत ल्याएका थिए । 

बुटवलमा एमालेबाट युवा नेता गोपाल राना र बाबुराम भट्टराईको चर्चा छ । दुवै नेता लोकप्रिय छन् । एमालेले बुटवलमा कसलाई अगाडि सार्छ त्यो हेर्न शनिबार साँझसम्म कुर्नुपर्ने देखिन्छ ।

बुटवल एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर पनि हो ।

पौडेलले तीन पटकसम्म बुटवल (हाल रूपन्देही क्षेत्र नम्बर २) बाट निर्वाचन जितेर ह्याट्रिक गरेका थिए । बुटवल उपमहानगरमा पनि जीत दोहोर्‍याउने रणनीतिमा एमाले छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x