×

NIC ASIA

मनोनयन दर्ता शुरू भइसक्दा प्रदेश १ का अधिकांश स्थानमा कांग्रेसले छान्न सकेन उम्मेदवार

बैशाख ११, २०७९

Prabhu Bank
NTC
Premier Steels

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरू भइसक्दा समेत प्रदेश नम्बर १ मा भने सत्ता गठबन्धन दलहरूले उमेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

Muktinath Bank

आयोगले आज र भोलिका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ । नेपाली कांग्रेसले आइतवार बिहानसम्म पनि प्रदेश १ का अधिकांश स्थानीय तहमा उमेदवार तय गर्न सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, धनकुटा र तेह्रथुम जिल्लाका १४ स्थानीय तहमा मात्र उम्मेदवारको अन्तिम निर्णय भएको नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले बताए । पहाडी छ जिल्लामा उमेदवार तय गर्ने काम भइरहेका उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उम्मेदवार बन्नेहरूको नाम पार्टीको पालिकास्तर हुँदै जिल्ला र प्रदेशसम्म सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ । 

Vianet communication

नेपाली कांग्रेसको केन्द्रीय समितिले महानगर र उपमहानगरमा उठ्ने मेयर/उपमेयरको उम्मेदवारको टुङ्गो लगाउँछ भने नगरपालिका र गाउँपालिकाको प्रदेशले निर्णय लिनेछ । प्रदेश १ मा १ सय ३७ स्थानीय तह छन् । 

कांग्रेस प्रदेश समितिले राजनीतिक रूपले महत्त्वपूर्ण मानिएका झापा, मोरङ र सुनसरीका अधिकांश स्थानीय तहमा उम्मेदवार छान्न सकेको छैन ।

गठबन्धनका कारण आन्तरिक असन्तुष्टि सम्बोधन गर्न पनि कांग्रेसलाई मुस्किल परेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x