
१४ वर्षीय एक किशोरीलाई ५ रुसी सैनिकले बलात्कार गरे ।
बलात्कारपछि किशोरी गर्भवती भइन् । उनले आफ्नो गर्भपतन गर्न चाहिन् । तर चिकित्सकले उनलाई अहिले गर्भपतन गराएमा दोस्रो पटक आमा बन्न नसक्ने चेतावनी दिए ।
ती किशोरीले बाध्य भएर बच्चा जन्माइन् ।
मिरर युकेको रिपोर्ट अनुसार, ती किशोरी युक्रेनको बुचामा बस्दै आएकी छिन् । उनको कहानी मनोवैत्रानिक अेक्जेन्ड्रा क्वित्कोले बताएका हुन्, जसले किशोरीको आमाबुवाको सहमतिपश्चात उनलाई मनोवैज्ञानिक परामर्श दिँदै आएका छन् ।
रिपोर्टका अनुसार, क्वित्को अहिले १४–१८ वर्ष उमेर समूहको ५ किशोरीहरूलाई परामर्श दिइरहेका छन् ।