असार २३, २०७९
नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल न...
सरकारले समयमै काम पूरा नगर्ने विभिन्न ७ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न सरकारी निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलवार कालोसूचीमा राखेको हो ।
यस्तै प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालय, नक्सालको सिफारिसमा एसियन लेटर इण्डस्ट्रिज प्रालि र मोर्डन सुज प्रालि जेभीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो ।
कार्यालयले शहीद मार्ग सडक योजना रोल्पाको सिफारिसमा एसएच इन्फ्राटेक प्रालि, प्यासिफिक बुइल्डर्स प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।
कार्यालयले भक्तपुर नगरपालिकाको कार्यालयको सिफारिसका आधारमा आत्रेय निर्माण कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ ।
यस्तै जिल्ला समन्वय समितिको कार्यालय हेटौँडाको सिफारिसमा मिलेनियम शंकरमाली जेभी कोटेश्वरलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कार्यालयले सडक पूर्वाधार विकास कार्यालय पाल्पाको सिफारिसमा श्रेष्ठ निर्माण सेवा पाल्पालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।
यस्तै टोखा नगरपालिकाको कार्यालयको सिफारिसमा जीवाई कन्स्ट्रक्सन प्रालिलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कार्यालयले कारागार कार्यालय कपिलवस्तुको सिफारिसमा गोल्डफिस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएको यी कम्पनीहरूले कालोसूची अवधिभर कुनैपनि सार्वजनिक खरिद कार्यमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल न...
चोभार सुख्खा बन्दरगाहमा निजी क्षेत्रको आकर्षण बढाउन सरकारले अध्ययन समिति बनाउने भएको छ । बिहीवार नेपाल इन्टरमोडल यातायात विकास समितिले उद्योग मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्रप्रसाद...
व्यापार घाटा बढ्नुको कारण रेमिटेन्स र निजी क्षेत्रतर्फ कर्जा बढ्नु रहेको एक अध्ययन रिपोर्टले देखाएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले गरेका एक अध्ययनले एक सय रूपैयाँ कर्जा लगानी गर्दा दीर्घकालसम्म ५० र...
सरकारले निर्माण व्यवसायीको माग पूरा गर्न आइतवार (२० असारमा)मा सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधन गरेको छ । निर्माण व्यवसायीलाई रिझाउन सरकारले साढे तीन महिनामा नै यसलाई संशोधन गरेको हो । यससँगै खरिद न...
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानूनहरू भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औँल्याएकी छन्। सहकारी विभागले तयार पारिरहेको सहकारीक...
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले बेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् । कार्यवाहक अध्यक्ष ढक...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...