×

NMB BANK
NIC ASIA

चुनावको दिन

झडपदेखि हवाई फायरसम्म : मतदानका क्रममा दिनभर कहाँ के-के भयो ?

बैशाख ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तह निर्वाचन शुक्रवार देशैभर भएको छ । छिटफुट घटनाबाहेक अधिकांश ठाउँमा शान्तिपूर्ण निर्वाचन भएको छ ।

Muktinath Bank

देशभर पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य निर्वाचित गर्न शुक्रवार मतदान भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि यसपालि दोस्रोपटक निर्वाचन भएको हो । यसअघि २०७४ सालमा पहिलोपटक स्थानीय चुनाव भएको थियो । शुक्रवार मतदानका क्रममा कहाँ के–के भयो ?


Advertisment
Nabil box
Kumari

काभ्रेको कात्तिके देउरालीमा मतपेटिका फुटाइयो

Vianet communication
Laxmi Bank

काभ्रेको कात्तिके देउरालीमा विवाद हुँदा मतपेटिका नै फुटाइएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउराली मतदान केन्द्रमा एमाले र गठबन्धनबीच चर्किएको विवादका कारण झडप भएको थियो ।

झडपपछि मतपेटिका फुटाइएको एमाले नेतृ नविना लामाले बताइन् । कात्तिके देउराली–६ मा गठबन्धनले मतपेटिका फुटाएको दाबी गरेकी छन् । मतदानस्थलमा एमाले र गठबन्धनबीच भएको विवादका कारण मतपेटिका फुटाइएको छ ।

रौतहटको फतुवा विजयपुरमा तनावपछि हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा २ पक्षबीच झडप भएको छ । मतदानस्थलमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ ।

विजयपुर नगरपालिका–३ स्थित शीतलपुर मतदान केन्द्रमा २ पक्षबीच विवाद हुँदा हवाई फायर गर्नुपरेको रौतहट प्रहरीले जनाएको छ ।

मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सिक्रेबाट वालिङ आउँदै गरेको ग२च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र ११ जना घाइते भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

धनुषाको कुम्भकर्णमा हवार्ई फायर

धनुषाको शहीदनगर नगरपालिकामा एक दृष्टिविहीन मतदाताको इच्छाविपरीत सहायक मतदान अधिकृतले छाप लगाएको विषयमा विवाद उत्पन्न भएपछि हवार्ई फायर गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले धनुषाको शहीदनगर नगरपालिका–१ कुम्भकर्णस्थित मतदान केन्द्रमा १ राउण्ड हवार्ई फायर गरिएको बताए ।

७० वर्षीय दुखी साह सोनारको मतदानमा सघाउँदा सहायक मतदान अधिकृतले उनको इच्छाविपरीत अन्य पार्टीमा स्वस्तिक छाप लगाइदिएको भन्ने विषयमा विपक्षीले विवाद गरेपछि प्रहरीले १ राउण्ड हवार्ई फायर गरेको उनले बताए । 

महोत्तरीको बलवामा हवार्ई फायर

महोत्तरीको बलवा नगरपालिकामा प्रहरीले हवार्ई फायर गरेको छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बलवा नगरपालिकाको वडा नम्बर ५ स्थित मनशिखा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा हवार्ई फायर गरिएको हो ।

मतदानस्थलमा २ पक्षका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले १ राउण्ड हवार्ई फायर गरेको छ । 

बझाङमा मतपेटिका फुटाइयो, प्रहरीद्वारा हवार्ई फायर

बझाङको जयपृथ्वी नगरपालिका–७ को मतदानस्थलमा सुनिपीपलचौर माविको मतदान केन्द्रमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा मतपेटिका फुटेको छ ।

स्थिति नियन्त्रणका लागि प्रहरीले हवार्ई फायर गरेको थियो । 

बयलगाडामा चढेर भोट हाल्न मतदानस्थल पुगे कैलारीका मतदाता

कैलालीको कैलारी गाउँपालिका–६ सुर्मीकी ९२ वर्षीया ठगनीदेवी थरुनी करीब १ घण्टा बयलगाडा (डल्लप)को सवारीपछि मतदानस्थल पुगिन् । गाडी नचल्नु र हिँडेर पनि मतदानस्थल पुग्न नसक्ने भएपछि बयलगाडा चढेर उनी प्रतिनिधि छान्न मतदानस्थल पुगेकी हुन् तर उनको अनुहारमा उत्साहभन्दा निराशा बढी झल्किन्थ्यो ।

बयलगाडाबाट झरेपछि लौरो टेक्दै ढाड सोझो पार्दै उनले भनिन्, ‘बुह्राइल मनैन्हे दुःख किल डेठै । भत्ता बुझे बजारेम् रहल बैंक पुगे परठ । उहाँ फेन दिनभर लाइन लागे परठ । तबेमारे भोट सोट डर्ना मन नैरहे ।’ (वृद्धहरूलाई दुःख मात्रै दिन्छन् । भत्ता बुझ्न शहरमा खोलिएको बैंक धाउनुपर्छ । त्यहाँ पनि दिनभरि लाइन लाग्नुपर्छ । त्यही भएर भोटसोट हाल्न मनै थिएन ।)

सँगै बयलगाडा चढेर मतदान केन्द्र पुगेका सुर्मीकै ८० वर्षीय कंगानी थारुले थपे, ‘हाम्रहिन मजा सेवा डिही कहिके भोट डारे आइल बाटी ।’ (हामीलाई राम्रो सेवा सुविधा देलान् भनेर भोट दिन आएका छौं ।)

उनीहरूसँगै बयलगाडा चढेर पुगेका ज्येष्ठ नागरिकहरूको एउटै माग थियो– वृद्धाभत्ता गाउँमै बुझ्न पाउँ । जोसुकै पार्टीका उम्मेदवार जिते पनि आफूहरूको समस्याको समाधान गरुन् भन्ने उनीहरूको माग हो ।

उनीहरू एउटै भनाइ छ, ‘हाम्रो भोट ज्येष्ठ नागरिकका सेवासुविधा वृद्धि गर्नेलाई हो । तर सेवाको नाममा वृद्धभत्ता बुझ्न शहरमा खोलिएको बैंक धाउनुपर्ने बाध्यताको अन्त्य होस् ।’ 

गाउँपालिकाको वडा नम्बर ६ बेनौलीस्थित अपरम्पार आधारभूत नमूना विद्यालयमा रहेको मतदान केन्द्र  पुग्न बयलगाडामा १ घण्टाको यात्रा गरेका उनीहरू वृद्धभत्ता बुझ्न भने घण्टौंको यात्रापछि पुगिने हसुलिया बजारस्थित खोलिएका बैंक पुग्दै आएका छन् ।

मतपत्रमा आफैं धमाधम छाप हान्दै गरेका मतदान अधिकृत पक्राउ

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलले मतदान अधिकृत साहले रुखमा धमाधम छाप हाल्दै गरेको अवस्थामा पक्राउ गरेको लोकान्तरलाई जानकारी दिए । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भने साहले रुख छापमा नै मतदान गर्न भनेर मतदातालाई सिकाइरहेको आरोप लागेपछि त्यहाँ विवाद उत्पन्न भएको थियो ।

सप्तरीमा मतदान अधिकृतमाथि कुटपिट

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका छन् । डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत फुटाइएको हो । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक ज्येष्ठ नागरिक महिलाको मत खसाल्न गएका मतदान अधिकृत विपिन यादवलाई स्थानीयले लछारपछार गर्नुका साथै २ वटा मतपेटिका फुटाएका छन् ।

मतपेटिका फुटाए पनि मतपेटिकामा खसालिएको मतपत्र भने सुरक्षित नै रहेको उनले बताए । ‘वृद्ध आमाले मतदान गर्नका लागि मतदान अधिकृतलाई छाप लगाउन भन्नुभनेको थियो,’ उनले लोकान्तरसँग भने, ‘तर घरी रुखमा घरी छातामा छाप लगाउन भन्नु भएजस्तै मतदान अधिकृतले छाप लगाइदिएका थिए ।’

तर बाहिर आएपछि ती ज्येष्ठ नागरिक महिलाले आफूले भनेविपरीत छाप लगाइदिएको भनेपछि विवाद भएको थियो । 

रणमैदान बन्यो पाँचखालको मतदान केन्द्र

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ मा मतदानस्थल तोडफोड भएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा तोडफोड भएको बताए । 

पर्सामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ राउण्ड हवार्ई फायर

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा झडप हुँदा प्रहरीले ४ राउण्ड हवार्ई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रण लिन हवार्ई फायर गरेको बताए । 

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा झडप

त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा झडप भएको छ । मतदान केन्द्रमा खाजा ल्याएको निहुँमा भएको विवाद भएको थियो । 

मतदानस्थलभित्रै मम, जुसजस्ता खाजा दलका उम्मेदवारलाई नल्याउन सुरक्षाकर्मीले अनुरोध गरेका थिए । सोही बहानामा विवाद भएपछि झडप भएको हो ।

यी २ पालिकामा जेठ ३ गते मतदान हुने

देशका सबै स्थानीय तहको निर्वाचन शुक्रवार भइरहेको भए पनि २ स्थानीय तहमा जेठ ३ गते मतदान हुने भएको छ । कपिलवस्तुको महराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा जेठ ३ गते मतदान हुने भएको छ ।

महाराजगञ्जमा नेपाली कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार शोभावती कुर्मीको निधन भएका कारण शुक्रवार मतदान भएन । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उम्मेदवारी मनोनयनको काम बिहीवार सकिएको र मतदान जेठ ३ गते हुने बताए । 

दाङको तुलसीपुर उपमहानगरपालिकामा १४ नम्बरमा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएका कारण जेठ ३ गते निर्वाचन हुने भएको छ ।

बाबुराम भट्टराईलाई सोधियो स्पष्टीकरण

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । ‘आज मतदान गर्ने क्रममा उहाँले मतपत्रको मतसंकेत सार्वजनिक गरेका कारण आयोगको ध्यानाकर्षण भई उहाँलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो,’  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

भट्टराईले शुक्रवार बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।

उनले आफूले गरेको मतसंकेत सार्वजनिक गरेका थिए । निर्वाचन आचारसंहिताअनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रूपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार भट्टराईलाई किन कारवाही नगर्ने भनेर आयोगले स्पष्टीकरण सोधेको छ ।

चुनावका क्रममा रुकुमपश्चिममा १ जनाको मृत्यु

स्थानीय चुनावका क्रममा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा १ जनाको मृत्यु भएको छ । बाँफीकोट गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार जनककुमार बाँठा मगर चढेको गाडीले ठक्कर दिँदा ७ नम्बर वडाका ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ ।

मतदान केन्द्र स्थलगत निरीक्षणका लागि जाँदै गरेका बाँठा चढेको गाडीले मतदानका लागि जाँदै गरेका खत्रीको मृत्यु भएको छ । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, नेकपा माओवादी केन्द्र रुकुमले भने निर्वाचनको दिन शुक्रवार भएको घटना नियोजित हत्या भएको दाबी गरेको छ । कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवारले नै गाडी चलाएर आफ्ना कार्यकर्ताको हत्या गरेको माओवादीको दाबी छ ।

मृतक माओवादी निकट योङ्ग कम्युनिस्ट लीगका स्थानीय नेताको बुवा रहेको माओवादीले जनाएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ता खुकुरी लिएर मतदान केन्द्र वरिपरि घुमिरहेको माओवादीले दाबी गरेको छ ।

मतदान केन्द्रमा ढुंगा प्रहारपछि दोलखामा ९ राउण्ड हवार्ई फायर

स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । २ पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवार्ई फायर गरेको छ । 

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार प्रहरीले ९ राउण्ड हवार्ई फायर गरेको छ । २ पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवार्ई फायर गरेको जनाएको छ । 

मतदान केन्द्रमा ढुंगा प्रहार भएपछि २ पक्षीय झडप भएको छ । 

बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बुढीगंगा–२ स्थित मतदानस्थलमा उनीहरूबीच झडप भएको छ । 

आमाको किरिया बसेका मेयरका एमाले उम्मेदवार श्रेष्ठले गरे मतदान

अर्धाखाँचीको सन्धीखर्क नगरपालिकाका मेयर उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले मतदान गरेका छन् । सन्धिखर्क नगरपालिका–२ मा रहेको अर्घाखाँची आवासीय मावि मतदान केन्द्रबाट श्रेष्ठले मतदान गरेका हुन् ।

एमालेबाट उपमेयरमा मिश्रा आचार्य उम्मेदवार छिन् । सन्धीखर्कमा नेपाली कांग्रेसको तर्फबाट शान्ता भण्डारी मेयरको उम्मेदवार छिन् । अर्घाखाँचीका मतदान केन्द्रहरूमा शान्तिपूर्ण ढंगले मतदान चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिका र वडामा निर्विरोध भएपछि भएन मतदान

गाउँपालिका अध्यक्ष तथा वडाध्यक्ष सहितका पदाधिकारी निर्विरोध निर्वाचित भएपछि डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले यसपटक मतदान गर्न पाएनन् । डोल्पाको काइके गाउँपालिका अध्यक्षमा नेकपा एसका अंगदकुमार राना निर्विरोध निर्वाचित भएका थिए । 

काईके गाउँपालिका–२ का मतदाता रहेका पूर्व राज्यमन्त्री बुढाको वडामा अध्यक्ष पनि निर्विरोध निर्वाचित भएका थिए । बुढाको वडामा ओमकार रोकाया निर्विरोध निर्वाचित भएका थिए । 

मोरङमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान

मोरङको सुन्दरहरैंचामा ११३ वर्षकी एक वृद्धाले मतदान गरेकी छन् ।

सुन्दरहरैंचा–७ स्थित पञ्चायत माविको केन्द्रबाट ११३ वर्षीया मरमहेश्वरा अधिकारीले मतदान गरेकी हुन् । उनलाई उनकी बुहारीले सहयोग गरेकी थिइन् ।

मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैतडीमा मतदान गर्न गएका १ वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । 

भाटको शुक्रवार बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओखलढुंगामा एमाले–कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवार्ई फायर

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवार्ई फायर भएको छ । 

बिहान मतदानस्थलमा लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले हवार्ई फायर खोल्नुपरेको ओखलढुंगाका प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए । 

शंका गर्नेलाई प्रधानमन्त्री देउवाको जवाफ

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रवार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन् । स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ,’ उनले भने ।

दोलखाको बैतेश्वर र मेलुङमा झडप हुँदा १ जनाको टाउको फुट्यो

दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउण्ड हवार्ई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगाप्रसाद पौडेलका अनुसार मतदानस्थलमा ढुंगा प्रहार गर्दा १ जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरीले बैतेश्वरमा ११ राउण्ड र मैलुङमा २ राउण्ड हवार्ई फायर गरेर अवस्था नियन्त्रणमा लिएको डीएसपी पौडेलले लोकान्तरलाई बताए । 

रामेछापमा झडप हुँदा ९ राउण्ड हवार्ई फायर

रामेछापमा २ पक्षबीच झडप हुँदा ९ राउण्ड हवार्ई फायर भएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मतदान केन्द्र र खाँणादेवी गाउँपालिको वडा नम्बर १ मा झडप हुँदा ९ राउण्ड हवार्ई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

प्रहरीले खाँणादेवीमा ७ राउण्ड गोली चलाएको छ भने सैलुङमा २ राउण्ड हवार्ई फायर गरेको छ ।

सर्लाहीको धनकौलमा ६ राउण्ड हवार्ई फायर

सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवार्ई फायर गरेको छ । गाउँपालिका–२ स्थित मतदान केन्द्रमा हवार्ई फायर गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार मतदानस्थलमा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा २ पक्षबीच विवाद हुँदा झडपको स्थिति उत्पन्न भएको थियो । 

रौतहटको गढीमाईमा २ पक्षबीच झडप हुँदा केही घाइते

रौतहटको गढीमाई नगरपालिकामा २ पक्षबीच झडप हुँदा केही व्यक्ति घाइते भएका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतदानस्थलभन्दा बाहिर २ पक्षबीच झडप भएको छ । 

काभ्रेमा आफन्तको भोट हालिदिने विषयमा विवाद हुँदा झडप

वृद्ध आफन्तको भोट कसले हालिदिने विषयमा विवाद हुँदा काभ्रेको चौरी देउराली–कात्तिकमा तनाव सिर्जना भएको छ । 

जिल्ला प्रहरी कार्यालयका काभ्रे एसपी चक्रराज जोशीका अनुसार १ जना वृद्धका आफन्तले कसले भोट हालिदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको छ ।

झडपपछि मतपेटिका बाहिर निकालेर फालिएका छन् ।

मेयरका उम्मेदवारमाथि कुटपिट

तनहुँको व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । मतदान केन्द्र निरीक्षणको क्रममा रिस्ती पुगेको बेला नेपाली कांग्रेसका कार्यकर्ताले जोशीमाथि आक्रमण गरेका हुन् । 

जोशी व्यास नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार भएका छन् । व्यास नगरपालिका क्षेत्र कांग्रेस नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र पनि हो । गोविन्दराज जोशी कांग्रेसका पूर्व नेता हुन् । 

जोशीको सचिवालयका सदस्य सम्झना सुनारका अनुसार जोशी चढेको गाडी तोडफोड भएको छ भने जोशीको टाउकोमा चोट लागेको छ ।

जोशीलाई प्रहरीको सुरक्षामा राखिएको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x