×

NMB BANK
NIC ASIA

गठबन्धनमा खटपट

सरकारबाट बाहिरिने विषयमा उपेन्द्रले थाले पार्टीभित्र छलफल

जेठ २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउन प्रधानमन्त्रीले २ मन्त्रालय छाड्न आग्रह गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार छाड्ने तयारी शुरू गरेको छ ।

Muktinath Bank

जसपा अध्यक्ष उपेन्द्र यादवले यसबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको छलफलमा उपेन्द्रले २ मन्त्री लिएर सरकारमा नबस्ने बताएका थिए ।


Advertisment
Nabil box
Kumari

‘२ जनालाई फिर्ता गर्न सम्भव छैन, बरु सरकारबाटै बाहिरिन तयार छौं,’ उपेन्द्रको भनाइ उदृत गर्दै एक सांसदले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

शनिवार प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटेर २ मन्त्रालयसहित सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । देउवाले २ मन्त्रालय र प्रतिनिधि सभाको उपसभामुख पद लिन आग्रह गरेका थिए ।

लोसपाका नेताहरूसँग देउवाले मंगलवार फेरि छलफल गर्ने बताएका छन् । 

आफ्नो भागमा रहेका २ मन्त्रालय खोसेर लोसपालाई सरकारमा सहभागी गराउने तयारी भए पनि जसपा सशंकित भएको छ । ‘हाम्रो अध्यक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको विषयलाई लिएर धेरै आशंका गरियो, महन्थजीलाई साथ लिन खोजेको भए हामीहरू सरकार छाड्न तयार छौं,’ ती सांसदले भने ।

गठबन्धनमा इमान्दारीपूर्वक तालमेल नभएकाले यसको पनि समीक्षा गर्नुपर्ने आवाज पार्टीभित्र उठिरहेको जसपाका एक प्रभावशाली नेताले बताए । 

नेकपा एसले सरकारमा सहभागी मन्त्री हेरफेरको गृहकार्य गरेपछि जसपाभित्र पनि मन्त्री फेर्न दबाब बढेको थियो । जसपाले लिएका ४ मन्त्रालयमध्ये २ छाड्न भनेपछि उपेन्द्र अप्ठ्यारोमा परेका छन् । 

जसपाको तर्फबाट कृषिमन्त्रीमा महेन्द्र यादव, भौतिक पूर्वाधारमा रेणु यादव, वन मन्त्रालयमा रामशहायप्रसाद यादव र संघीय मामिला तथा सामान्य प्रशासनमा राजेन्द्र श्रेष्ठ मन्त्री छन् । 

यसैबीच, पार्टीभित्र डा. बाबुराम भट्टराईसँग विवाद बढेसँगै उपेन्द्रले महन्थ ठाकुरको लोसपासँग पार्टी एकताको पहल शुरू गरेका छन् । लोकान्तरसँग कुरा गर्दै यादवले एकताका लागि ढोका खुलै रहेको प्रतिक्रिया दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x