असार १९, २०७९
आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ । विमानमा रहेका सबै य...
काठमाडाैं | असार ८, २०७९
पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन् ।
करिब तीस बर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ । सन् १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब एक हजार ५०० जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी १, १९९१ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो । यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा पनि महसुस भएको थियो ।
सन् १९९८ मा पनि अफगानिस्तानलाई दुईवटा ठूला भूकम्पले देशलाई हल्लाएका थिए ।
पहिलो फेब्रुअरी महिनामा नै भूकम्प गएको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ५.९ रेक्टर स्केलको फेब्रुअरी ४, १९९८ मा उत्तर–पूर्वी प्रान्त ताखारमा केन्द्र विन्दु रहेको उक्त भूकम्पमा परी चार हजार ५०० व्यक्तिको मृत्यु भएको थियो । हजारौं घरबारविहीन भएका थिए । सोही बर्ष मे ३० मा गएको अर्को ६.६ रेक्टर स्केलको भूकम्प पनि ताखरलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । भूकम्पको धक्काले सुदूर उत्तर–पूर्वी प्रान्त बदाखशन पनि प्रभावित भएको छ । यसमा करिब पाँच हजार व्यक्तिको मृत्यु भएको थियो । भूकम्पका कारण एक हजार ५०० जना घाइते भएका थिए र थुप्रै गाउँहरू ध्वस्त भएका थिए ।
२००२ मार्च ३ मा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशको उत्तरतर्फ धक्का दिएको थियो । सामांगन प्रान्तमा केन्द्रविन्दु रहेको उक्त भूकम्पमा परी १५० भन्दा बढीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।
त्यस्तै मार्च २५ मा आएको अर्को भूकम्पमा परी ८०० भन्दा बढी मानिसको ज्यान गएको थियो । हिन्द कुश रेन्जको फेदमा रहेको बागलान प्रान्तमा हजारौं घरबारविहीन भएका थिए । भूकम्पमा परी २० हजार जनसंख्या भएको नहरिन शहर पूरै ध्वस्त भएको थियो ।
जून ११, २०१२ मा ५.२ देखि ५.७ रेक्टर स्केलका तीनवटा भूकम्पमा परी ७५ जनाको मृत्यु भएको थियो र बागलान प्रान्तका थुप्रै घरहरू ध्वस्त पारेको थियो । चार जनाबाहेक सबै मुल्ला जन गाउँका रहेका थिए र उनीहरूले भूकम्पपछि गएको पहिरोमा पुरिएर ज्यान गुमाएका थिए ।
अक्टोबर २६, २०१५ मा, अफगानिस्तान–पाकिस्तान सीमासम्म फैलिएको हिन्द कुश रेन्जमा पछिल्ला केही दशक यता अफगानिस्तानमा गएको सबैभन्दा शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी ३८० जनाको मृत्यु भएको थियो ।
आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ । विमानमा रहेका सबै य...
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप २९ संक्रमितको मृत्यु भएको छ । भारतको स्वास्थ्य विभागका अनुसार २४ घण्टामा थप १७ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता संक्रमितको...
उत्तर कोरियाले आफूलाई लक्षित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताए...
रुसी सेना र डोनबासका दुई जनगणतन्त्रका लडाकूहरूले युक्रेनको लुगान्स्क क्षेत्रमा रहेको लिसिचान्स्क शहर पूर्ण नियन्त्रणमा लिएका छन् । एक हप्ताको भीषण लडाइँपछि अब रुस डोनबास क्षेत्रमा एकछत्र राज गर्न सफल भएको छ...
लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा ...
अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण फैलिएको छ । जसमा एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ । अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...