२२ असार २०८३, सोमबार

देशलाई नयाँ युगतिर लैजाने सपना छ: प्रचण्ड

देशलाई नयाँ युगतिर लैजाने सपना छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एक पटक प्रधानमन्त्री हुने सपना रहेको बताए । उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए ।
    
उनले आफू प्रधानमन्त्री हुँदा धेरै चीज सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको बताए । राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि उहाँको भनाइ थियो ।

वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उहाँको भनाइ थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्