
गए राति कैलाली, कन्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
यी क्षेत्रमा भारी वर्षा भएकाले बुधवार बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ ।
सो क्षेत्रको कान्द्रा, मोहना, खुटिया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो ।
यस्तै कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको समेत विभागको भनाइ छ ।
विभागले बुधवार ३ बजे सतर्कताका लागि एसएमएस अलर्ट नै जारी गरेको थियो ।