×

NMB BANK
NIC ASIA

जसपामा ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भयो : डा. बाबुराम भट्टराई

असार २८, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपामा ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भएको निष्कर्ष निकालेका छन् ।

Muktinath Bank

मंगलवार शुरू भएको आफूपक्षीय केन्द्रीय परिषद् सदस्यको भेलामा पेश गरिएको ‘पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदनमा भट्टराईले पार्टीका संगठनात्मक समस्या औंल्याएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पार्टी संगठन व्यवस्थित र चुस्तदुरुस्त बन्न सकेन । पार्टी समायोजनकै बेलादेखि पार्टी कब्जा गर्ने सोच हाबी भयो,’ प्रतिवेदनमा उल्लेख छ, ‘सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता र प्रतिनिधित्व हुने गरी समयमै समायोजन सम्पन्न गर्न सहजीकरण गर्नु र सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्देश्यतर्फ निर्दिष्ट गर्नेभन्दा पनि अनेक झमेला र अविश्वास सिर्जना गरी महिनौं अल्झाउने, कार्यकर्ताहरूमा निराशा र झर्काे सिर्जना गर्ने र राजनीतिक तथा सांगठनिक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरियो ।’


Advertisment
Nabil box
Kumari

एकतापछि पार्टीका संगठन, समिति र सदस्य थपिँदै र बढ्दै जानुपर्नेमा झन् घट्न थालेका प्रतिवेदनमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

‘पार्टी सदस्यको अभिलेखीकरण तथा नवीकरणमा कुनै सार्थक प्रयास गरिएन । केन्द्रीय निकाय र विभागहरू ३ वर्षभित्र पनि गठन हुन सकेनन् । पार्टी समितिभित्र यथोचित पदनाम दिने, जिम्मेवारी बाँडफाँट गर्ने, तहगत इन्चार्ज तोक्ने काम कहिल्यै भएन,’ प्रतिवेदनमा उल्लेख छ, ‘जनसंगठनहरू समायोजन गर्ने, प्रभावकारी परिचालन गर्ने र इन्चार्ज तोक्ने काम पनि भएन । संगठन बिल्कुलै तदर्थवादी बन्दै गयो । संगठनभित्र यतिधेरै झमेला, अविश्वास, द्वन्द्व र तनावहरू देखिए, त्यसको निरूपण समाधान गर्नुको साटो कुनै एक पक्षलाई उचाल्ने, उच्काउने, काखी च्याप्ने र झमेलालाई सदावहार बनाइराख्ने काम भयो ।’

असल नेतृत्वकर्ताले कार्यकर्ता पंक्तिलाई उत्साहित बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । ‘असल नेतृत्वले कार्यकर्ता पंक्तिलाई उत्साहित गर्दछ, निरुत्साहित हैन । समस्या हल गर्न खोज्दछ, बल्झाउने हैन । एउटै पार्टीभित्र बसेर पूर्वाग्रह, संकीर्णता, पक्षपात र अपमानको शिकार हुन अहिलेको युगका मान्छे तयार हुँदैनन् ।’

डा. भट्टराईले पार्टी निर्माण गर्ने तरिका क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखिएको निष्कर्ष निकालेका छन् । ‘पार्टी निर्माणको तरिका क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो । देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नै देखिएन,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख छ, ‘पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेश आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्त्व र संवेदनशीलतालाई आत्मसात गर्दै पार्टी एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो । साथै कांग्रेस, कम्युनिस्ट जस्ता परम्परावादी मूलधार दलहरूको विकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको युगतिर अभिमुख गर्नु थियो ।’

प्रतिवेदनमा डा. भट्टराईले पार्टी पुनर्गठन गर्नुपर्ने विषयलाई जोड दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x