
भर्खर–भर्खर प्रेम (लभ) गरिरहेका जोडीहरू ठूल्ठूला सपना देख्छन् तर भारतको पञ्जाबमा नवविवाहित जोडी सडक किनारमा पिज्जा बेचिरहेको फेला परेको छ ।
सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रेम सम्बन्धमा जोडिएका युवायुवतीले विवाह गरेपछि ‘फास्ट फूड’ पसल सञ्चालन गरिरहेका छन् ।
विवाह गरेपछि पतिपत्नीले शुरू गरेको पिज्जा पसलको तस्वीर एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेपछि भाइरल भइरहेको छ । जोडीको उद्यमको सबैले प्रशंसा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।