२९ जेठ २०८३, शुक्रबार

बुटवलको अवैध कल सेन्टरका मुख्य नाइके समातिए

बुटवलको अवैध कल सेन्टरका मुख्य नाइके समातिए

रूपन्देहीको तिलोत्तमामा कल सेन्टरको आवरणमा ठगी धन्दा गर्ने गिरोहका मुख्य दुई जना नाइके पक्राउ परेका छन् । तिलोत्तमा–२ जानकीनगरस्थित ब्लू स्काई बिजनेस सोलुसन प्रा.लिमा गएको आइतवार प्रहरीले छापा हानेको थियो । 

अनुसन्धानका क्रममा प्रहरीले मुख्य भूमिकामा रहेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४० वर्षीय हिमाल बाठा मगर र भारत विहार प्रदेश गायाविविद्या पञ्चायत बस्ने २५ वर्षीय जिसाद दवाङ्गे भन्ने निरञ्जन कुमारलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई विद्युतीय ठगी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ । 

त्यस्तै प्रहरीले २१३ जना कर्मचारीलाई निगरानीमा राखी थप अनुसन्धान पनि गरिरहेको जनाएको छ । उक्त गिरोहले सर्वसाधारणको मोबाइल नम्बर, ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने, बैंक लोन अफर गर्ने, अन्य विभिन्न प्रकारका  प्रलोभन देखाउने, चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको खुलेको थियो । प्रहरीले ३ वटा ‘फ्ल्याट’ भाडामा लिएर ठगी गर्ने गिरोहले प्रयोग गर्दै आएका कम्प्युटरलगायत अन्य उपकरणहरू बरामद गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्