×

NIC ASIA

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री बडू

साउन १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Muktinath Bank

२८औं कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको संगठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले कोभिड महामारीको असहज परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर आपूर्ति व्यवस्था सहज तुल्याउन कार्गो व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योगमन्त्री बडूले कोभिड–१९ महामारी र पछिल्लो रसिया र युक्रेनबीचको युद्धको प्रभावले ‘लजिस्टिक’ लागत बढेको र गन्तव्यसम्म पुर्‍याउन पनि समय लागिरहेको भन्दै यी समस्या निराकरणका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

उनले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत सुधारका काम भइरहेको, नेपालको ‘लजिस्टिक पोलिसी’को मस्यौदा मन्त्रिपरिषद्मा पुगेको तथा नेपाल उद्योग वाणज्य महासंघको ‘भिजन–२०३०’ मा ल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता एमओयू गर्ने तयारीमा रहेको जानकारी दिए ।

Vianet communication

मन्त्री बडूले निर्यात तथा आयातका सामानको ढुवानीसँग सम्बन्धित सम्पूर्ण कार्यको व्यवस्थापन, कम लागत, कम समय र समस्यारहित ढंगले कार्गो व्यवसायीले गरेको कामको प्रशंसा गरे । उनले भने, ‘कार्गो व्यवसायीले निकासी व्यापारलाई सहज, सुगम र मितव्ययी रूपमा ढुवानी गरी समयमै गन्तव्यमा पुर्‍याउन सहजीकरण गर्दै आएको छ, त्यसबाट सम्पूर्ण निकासी पैठारीकर्ता लाभान्वित हुँदै आएका छन् । जसले नेपालको निकासी व्यापार वृद्धि हुने तथा आयात व्यापारको लजिस्टिक लागत कम भई उपभोक्ता मूल्य वृद्धिको चापलाई कम गर्न सहयोग पुग्नेछ ।’

उद्योगमन्त्री बडूले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि शीघ्र सञ्चालनको तयारीमा रहेको र काठमाडौं–निजगढ द्रूतमार्गको निर्माण कार्य पनि प्रगति भइरहेको भन्दै यी पूर्वाधारहरूले लजिस्टिक व्यापार व्यवसायको विकास र विस्तार एवं अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले विशेषगरी चोभारमा सुक्खा बन्दरगाह र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रूपमा कार्गो सेवा सञ्चालन गर्न कार्गो व्यवसायीको महत्त्वपूर्ण सक्रिय सहयोगको पनि सरकार अपेक्षा गरेको बताए ।

देशमा रहेका उद्योगधन्दा, दैनिक आवश्यकताका सामान समेत आयात गर्नुपर्ने बाध्यता रहेको, विभिन्न उद्योगको स्थापना गर्न चाहिने सामान उपकरण आयात गर्नुपर्ने भएकाले देशमा आयात निरन्तर रूपमा वृद्धि भइरहेको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x