
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट १० किलो अवैध लागूऔषध गाँजासहित धादिङको थाक्रे गाउँपालिका–३ बस्ने २० वर्षीय तेज तामाङलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
धादिङबाट काठमाडौं आउँदै गरेको बा८०प १०३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तामाङले झोलामा लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको जनाइएको छ । घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।