०६ असार २०८३, शनिबार

छुट्टाछुट्टै स्थानबाट १४ जुवाडे पक्राउ

छुट्टाछुट्टै स्थानबाट १४ जुवाडे पक्राउ

छुट्टाछुट्टै स्थानबाट १४ जुवाडे पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३९ वर्षीय डम्मर बहादुर गुरुङको घरमा जुवातास खेल्ने  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी जुम्लाको तातोपानी गाउँपालिकाबाट ३० वर्षीय गोबिन्द बहादुर डाँगी समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । यसैगरी कैलालीको गोदावरी नगरपालिका-२ शिवनगर टोलबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्