×

सामान्य बिरामी हुँदा पढाइ अचेल पहिला जस्तो छुट्दैन...

भदौ ९, २०७९

सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा रहेको थाङपालभ्याली माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सविना सुनुवारको पढाइ अचेल पहिला जस्तो छुट्दैन । महिनावारी भएको समय तल्लो पेट दुखेर उनी कति पटक कक्षा छाडेर घर फर्किइन् । तर अहिले विद्यालयमा नै नर्सको व्यवस्था भएपछि उनले कुनै कक्षा छाड्न नपरेको बताउँछिन् ।  
 
विद्यालयमा कुनै विद्यार्थीलाई पढाइ भइरहेकै बेलामा सामान्य चोटपटक लाग्यो, टाउको वा पेट दुख्यो भने पढाइ नै छोडेर घर जानुपर्ने बाध्यता अझै पनि अधिकांश विद्यालयमा कायम छ । यो समस्या धेरै ठाउँका विद्यार्थीले भोग्दै आइरहेका पनि छन् । तर बागमती प्रदेश सरकारले विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरेपछि सिन्धुपाल्चोकका दुर्गम ठाउँका विद्यार्थीलाई भने पढ्दापढ्दै बीचमा नै घर जानुपर्ने बाध्यता हटेको छ ।

कोही बिरामी भए आराम कक्षको सुविधा छ । महिनावारी भईहालेमा विद्यालयमै सेनेटरी प्याड उपलब्ध छ । बिरामी भएमा दुखाइबारे सोधेर नर्सले औषधि दिन्छन् । कसैलाई चोटपटक लागे विद्यालयमा नै प्राथमिक उपचारको सुविधा छ । सम्बन्धित व्यक्तिबाटै स्वास्थ्य र सरसफाइबारे जानकारी पाउन थालेपछि विद्यार्थी पनि सचेत बन्न थालेको विद्यालय नर्स अस्मिता केसी बताइन् ।


Advertisment

शिक्षकसँग आफ्नो समस्या राख्न हिच्किचाउने विद्यार्थी अहिले नर्ससँग समस्याबारे खुलेर समस्या राख्न सक्ने भएका छन् । विद्यार्थीको उपचार मात्र हैन फोहर व्यवस्थापन, वातावरणीय सरसफाइ, पोषण, व्यक्तिगत सरसफाइलगायत पनि सुधार भएको छ । विद्यालय नर्स कार्यक्रमले विशेष गरी किशोरीलाई सहज भएको अर्का विद्यार्थी वर्षा धिताल बताउँछिन् । 


Advertisment

पाँचपोखरी थाङपाल गाँउपालिकाले सहज रुपमा प्राप्त हुने गरी सेनेटरी प्याड उपलब्ध गराइरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । 
जिल्लामा हालसम्म ४६ माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा छन् । रासस

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x