×

NMB BANK
NIC ASIA

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार बिहान सुर्खेत पुगेर भनेका थिए, ‘शनिवारसम्म सिट बाँडफाँटको कुरो टुंगो लाग्छ ।’ त्यसका लागि शुक्रवार दिनभर काम गर्ने र शनिवार निर्वाचन क्षेत्रसहित प्याकेजमै सहमति गर्ने उनको भनाइ थियो । 

Muktinath Bank

तर, शनिवार न त कार्यदलको बैठक बस्न सक्यो न त गठबन्धनका शीर्ष नेताहरू नै जुट्न सके । प्रचण्ड स्वयं दिनभर चितवनमा व्यस्त भए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल शनिवार नै विराटनगर पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी मंसिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनभित्र रहेका दलहरूले सिट बाँडफाँटको लागि बनाएको कार्यदलले विषय टुंगो लगाउन नसकेर शीर्ष नेताहरूलाई जिम्मा लगाइसकेको छ । 


Advertisment
Nabil box
Kumari

कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन् । कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कार्यदल संयोजकको जिम्मेवारी तोकिएको थियो ।

Vianet communication
Laxmi Bank

कार्यदलले सिट बाँडफाँटको सामान्य मापदण्ड बनायो । संयोजक सिटौलालाई सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार गर्न पनि भनिएको थियो । तर, दलहरूले गरेको अस्वभाविक दाबीका कारण कार्यदल अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन ।  

गत बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुल १६५ मा ५० प्रतिशत सिट कांग्रेसले राखेर बाँकी अरूलाई दिनुपर्ने प्रस्ताव गरेका थिए । सोही बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने कांग्रेसले ७० सिट राखेर बाँकी अरुलाई दिनुपर्ने प्रस्ताव गरेको कार्यदलका एक सदस्यले बताए । 

कांग्रेसका नेताहरू भने न्यूनतम ९० सिट भन्दा तल झर्न नसकिने अडानमा छन् । उनीहरूले यसअघि १०० सिटमा दाबी गर्दै आएका थिए । गठबन्धनमा माओवादी केन्द्रले ६० सिट दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले २० सिट र जनता समाजवादी पार्टीले १५ सिट दाबी गर्दै आएको छ ।

शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसभित्रको किचलोका कारण गठबन्धनमा सिट बाँडफाँट गर्ने काम नटुंगिएको बताएका थिए । 

‘तपाईंहरूले कति सिट पाउनुहुन्छ ?’, भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले आफ्नो पार्टीको दाबी ४० सिटमा रहेको संकेत गरेका छन् । ‘बाहिर मिडियामा तपाईंहरूले नै ४० सिट भनेर लेखिदिनु भएको छ’, उनले भनेका थिए । 

नेपालले जित्ने सम्भावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने आफ्नो धारणा रहेको बताए । ‘कुन ठाउँमा कुन दललाई दिँदा जित सुनिश्चित हुन्छ त्यहीअनुसार भागबन्डा गरौँ भन्ने मेरो मान्यता हो’, उनले भने ।

शनिवार नै विराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेको दोहोर्‍याएका थिए । ‘हामीले छलफल चलाइरहेका छौँ, तर कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई १०० सिट चाहियो । उब्रिएको तिमीहरू बाँड भन्छन् । हामीले उनीहरूलाई जवाफ दिएका छौँ, हैसियतभन्दा बढी माग्ने काम नगर ।’

कांग्रेसले २०७४ को चुनावमा २३ सिट मात्र जितेको र अहिले त्यसको तीन गुनासम्म दिन सक्ने नेपालले बताए । उनले भने, ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट हुन्छ । हामी ७० भन्दैछौँ, उनीहरू १०० भन्दैछन् । मिलाउने गाह्रो छ ।’

विशेषगरी, कांग्रेसमा संस्थापन इतरको समूहले १०० सिटभन्दा तल हुने गरी चुनावी तालमेल गर्न नहुने दबाब पार्टीमा सिर्जना गरिरहेको छ । कांग्रेसको तर्फबाट कार्यदलका सदस्य रहेका कांग्रेस महामन्त्री गगन थापाले नै १०० सिटको लागि लबिङ गरिरहेका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले त विराटनगरबाट भनेका छन्, ‘बालुवाटारमा बालुवा पेलेका पेल्यै छौँ, त्यो बालुवाबाट तेल निस्किएको छैन ।’

गठबन्धनमा कुरा मिलेन र पार्टीको हैसियत अनुसारको सिट पाइएन भने समानुपातिक मतकै लागि भए पनि एक्लै चुनाव लड्नुपर्ने अवस्था आउने त्यसका लागि तयारी अवस्थामा रहन उनले नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘भएन भने एक्लै लड्नुपर्ने आँट गर्नुपर्छ । चुनावमा समानुपातिक मत आफैँलाई आउने हो ।’

नेपालको भनाइले सिट बाँडफाँटको विषय गठबन्धनभित्र थप पेचिलो भइरहेको संकेत गर्छ । 

प्रचण्डले शुक्रवार सुर्खेत पुगेर शनिवारसम्म प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँटको काम प्याकेजमै टुंगो लाग्ने दाबी गरेका थिए । त्यहाँ उनले भनेका थिए, ‘हिजो (बिहीवार) अबेरसम्म बसेर हामीले गठबन्धनमा संख्या सहमतिको सहमतिको नजिक पु¥याएर अब एकैपटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी आज (शुक्रवार) दिनभरि काम गरिँदैछ । आजको काम सकिएपछि भोलि (शनिवार) बसेर क्षेत्र, प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर उठेका छौँ ।’

गठबन्धनभित्र सिट बाँडफाँटको रस्साकस्सीबाट थाकेका जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले एक्लै चुनाव लड्नेबारे सोच्न थालेको बताएका छन् । गठबन्धनले १५ सिट दिए पनि आफ्नो पार्टीले ९ सिट जित्ने भन्दै यादवले पार्टी जोगाउनको लागि पनि एक्लै चुनाव लड्नुपर्ने अवस्था आफूले देखिरहेको गठबन्धनका नेताहरूसँग बताएका छन् । 

गठबन्धनले सिट बाँडफाँटको लागि २०७४ को निर्वाचनको नतिजा र भर्खरै सम्पन्न मतलाई आधार बनाउने सामान्य मापदण्ड बनाएका छन् । स्थानीय तहको निर्वाचनको बेला पनि गठबन्धनलाई तालमेल मिलाउन हम्मेहम्मे परेको थियो । 

आगामी निर्वाचनमा प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० निर्वाचन क्षेत्र  गठबन्धनमा रहेका दलहरूले बाँडफाँट गर्नुपर्ने छ ।

कार्यदलको सदस्य रहेका एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल भने कार्यदलको जिम्मेवारीबाट सिटबाँडफाँटको विषय शीर्ष नेताको जिम्मामा पुगेको बताउँछन् । 

‘सिट बाँडफाँटमा कुरा नमिल्नुको मुख्य कारण दलहरूको अस्वभाविक दाबी नै हो । त्यसलाई साझा विन्दुमा ल्याउने प्रयास भइरहेको छ । त्यो जिम्मेवारी कार्यदलबाट शीर्ष नेतामा पुगेको छ’, हमालले भने । 

कार्यदलका सदस्य रहेका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव पनि दलहरूले गरेको अस्वभाविक दाबी कारण नै सिट बाँडफाँटको गाँठो फुक्न नसकेको बताउँछन् । ‘जम्मा सिट १६५ छ । दलहरूले गरेको दाबी दुई सयभन्दा बढी छ । तर, हामी छलफल गरेर टुंगो लगाउने प्रयास गरिरहेका छौँ’, यादवले भने । 

गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले कांग्रेसलाई गलाएर सकेसम्म बढी सिट लिने प्रयास गरिरहेका छन् । उनीहरू कांग्रेसले ५० प्रतिशत सिट लिएर आफूहरूलाई ५० प्रतिशत छाड्नुपर्ने पक्षमा छन् । तर, कांग्रेस भने गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमीका दलहरूलाई ५० प्रतिशत हैसियत दिन तयार छैन । 

हमाल भन्छन्, ‘दलहरूले सकेसम्म धेरै सिट लिन खोज्नु स्वभाविक हो । सबै दलको अवस्था अनुसार साझा विन्दुमा सहमत हुनुपर्छ । अहिले मोटा–मोटीरूपमा दलहरूले पाउने सिट संख्या मिलाउने र त्यसअनुसार कुन निर्वाचन क्षेत्र कुन दललाई दिने भन्ने सहमति गर्ने प्रयास भइरहेको छ । केही दिनमा यी विषयमा टुंगोमा पुग्नेछौँ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x