×

NMB BANK
NIC ASIA

सुकुम्बासी समस्या

महिनौंदेखि सुकुम्वासीको धर्ना : अर्काे चुनाव आयो तर जग्गाको लालपुर्जा आएन !

असोज ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर महानगरपालिका–१२ का राजेन्द्र मुसहर मिर्चैया टोलमा बसेको ६१ वर्ष बितिसकेको छ । २०१८ सालदेखि उनी मिर्चैयामा बस्दै आएका छन् । ६१ वर्ष पुग्दा पनि उनको परिवार सुकुम्वासी नै छ ।

Muktinath Bank

उनले थाहा पाएयता पटक–पटक सुकुम्वासी आयोगहरू बने । जिल्लामा पनि आयोग बनेका थिए तर उनको हातमा लालपुर्जा हालसम्म परेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लालपुर्जा पाउने आशमा बसेका स्थानीय गत स्थानीय तह निर्वाचनपछि आन्दोलित नै बनेका छन् । पछिल्ला केही महिनायता उनको दिनचर्या फेरिएको छ । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा भोट माग्न आएका उम्मेदवारले चुनाव सकिएपछि लाजपुर्जा दिने आश्वासन दिएका थिए तर मंसिरमा अर्काे चुनाव आउनै लाग्दा समेत स्थानीयले लालपुर्जा पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

चुनावको मतपरिणाम आएपछि स्थानीयले जनप्रतिनिधिलाई भेटेर चुनावअघि गरेका वाचा सम्झाएका थिए तर जनप्रतिनिधिले जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयमा जान सुझाव दिए ।

Vianet communication
Laxmi Bank

भूमि आयोगको कार्यालयले पनि सन्तोषजनक जवाफ नदिएपछि आन्दोलित सुकुम्वासी धर्नामा बसेका छन् । उनीसहित मिर्चैयाका १०–१५ जना दिनदिनै आयोगको कार्यालयमा आएर धर्ना दिइरहेका छन् । लालपुर्जाको माग राख्दै उनीहरू आयोगको कार्यालयमा आउने गरेको झण्डै ४ महिना भएको छ तर लालपुर्जा पाएका छैनन् ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा आयोगको कार्यालय छ । आन्दोलित सुकुम्वासीहरू कार्यालय खुल्नुअघि आउँछन् भने कार्यालय बन्द भएपछि मात्रै घर जान्छन् । वडाध्यक्ष लगायतका जनप्रतिनिधिले ‘आयोगको कार्यालयले पुर्जा दिन्छ, उतै गएर बस्नू’ भनेकाले दैनिक आएर बस्ने गरेको उनले बताए ।

‘आयोगका अध्यक्ष तथा अन्य पदाधिकारीहरूले हाम्रो पीडा सुनेनन् भनेर उहाँहरू आउनुभन्दा अगाडि नै कार्यालयमा आएर बस्ने गरेका छौं,’ कार्यालय परिसरमा भेटिएका विजयकुमार यादवले भने, ‘बेलुका पनि कार्यालय बन्द गरेर उहाँहरू हिँडेपछि मात्रै घरमा जान्छौं ।’

पुर्जा पाइने आशमा बसेका उनीहरू निराश समेत बन्न थालेका छन् । लालपुर्जा सिरानमा राखेर मर्ने सपना रहेको उनी बताउँछन् ।

‘राति सुत्दा पनि कागजपत्र बोकेर नै सुत्छौं, राति नै आयोगले फोन गरेर पुर्जा लिन आइज भन्छ कि भनेर तर सपनामा समेत पुर्जा बाँडेको देखिँदैन । चुनावका बेला मात्रै नेताहरू पुर्जा दिन्छौं भन्छन् । अरू बेला अनुहार पनि देखाउन्नन्,’ आयोगकै कार्यालयमा धर्नामा बसेको रामदेव ऋषिदेवले भने ।

निर्वाचन आयोगले निर्वाचनमा असर गर्ने भन्दै पुर्जा वितरणका कार्य रोक्न निर्देशन दिएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गरेर लालपुर्जा रोक्न निर्देशन दिइसक्दा पनि सुकुम्वासीहरू कार्यालयमा आएर बस्न छाडेका छैनन् ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ‘पुर्जा दिन्छौ’ भनेर लिखित पत्र दिनेलाई भोट दिने आन्दोलनकारीको भनाइ छ । उनीहरूको बसोबास क्षेत्र मोरङको ६ नम्बर क्षेत्र हो । सो क्षेत्रमा नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमालेका नेता लालबाबु पण्डित राजनीतिमा सक्रिय छन् ।

सुकुम्वासीका नाममा राजनीति नगर्ने भनेर नेताहरूले भाषण गर्ने गरे पनि कार्यान्वयन हुन सकेको छैन । मोरङको कानेपोखरी गाउँपालिकामा सुकुम्वासीलाई पुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठले पुर्जा वितरण नरोक्ने बताएकी थिइन् । उनले भाषण गरेको १ हप्ता नबित्दै पुर्जा वितरण रोकिएको छ । 

जिल्ला आयोगले पुर्जा वितरणको तयारी गरे पनि निर्वाचन आयोगले रोकेका कारण वितरण रोकिएको छ । आयोगकी जिल्ला अध्यक्ष सुशीला घिमिरे ‘सामना’ले सुन्दरहरैंचा, मिक्लाजुङ, विराटनगरमा पुर्जा वितरणको तयारी गरिए पनि आयोगले रोकेको बताइन् ।

२०७९ असार २९ गते अदालतको आदेशअनुसार ५ दलीय गठबन्धनको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको थियो । ३ महिनासम्म पनि देउवा नेतृत्वको सरकारले सरकार विस्तार गर्न सकेको थिएन तर १ महिना बित्न नपाउँदै सरकारले आयोग खारेज गरेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको देवी ज्ञवाली नेतृत्वको आयोग साउन १९ गते खारेज गरिएको थियो । प्रधानमन्त्री देउवाले त्यसको २ महिना नबित्दै भदौ २९ गते ‘राष्ट्रिय भूमि आयोग’ गठन गरेका थिए ।

हाल भूमि आयोगका २१औं अध्यक्ष मोरङकै केशव निरौला हुन् । आयोगका अध्यक्षकै जिल्लामा दैनिक धर्ना दिए पनि सरोकारवाला पक्षले कुनै चासो देखाएको देखिँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x