×

NMB BANK
NIC ASIA

बलात्कार अभियाेग

सन्दीप लामिछाने विदेशमै लुकेपछि प्रहरीले इन्टरपोललाई पठायो पत्र, के हुन्छ अबको प्रक्रिया ?

असोज ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरीले १७ वर्षीया नाबालिका बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रकृया अगाडि बढाएको छ । प्रहरी प्रहरी प्रधान कार्यालयले इन्टरपोलको नेपाल शाखामार्फत हेडक्वाटरलाई ‘नोटिस’मा राख्नको लागि अनुरोध–पत्र पठाएको एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।

Muktinath Bank

‘उनी सजिलै नेपाल नआउने देखिएपछि हामीले अनुरोधका लागि पत्र पठाएका छौँ’, ती अधिकारीले लोकान्तरसँग भने, ‘उनले नेपाल आउने बताएका थिए, अझैं आफैँ आए उनलाई नै सहज हुने हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ २३ गते उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध १७ वर्षीया एक किशोरीले भदौ ५ गते आफूलाई काठमाडौंको एक होटलमा लगी पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै प्रहरी वृत गौशालामा उजुरी दिएकी थिइन् । उनले भदौ २१ गते उजुरी दर्ता गराएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

सन्दीप भदौ ६ गते बिहान होटलबाट निस्किएर टी–२० क्रिकेट खेल्नका लागि केन्या गएका थिए । उनी केन्याबाटै क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए । खेल खेल्न नपाउँदै आरोप लागेपछि उनी त्यहाँबाट हिँडेका थिए । भदौ २६ गते वेस्ट इन्डिजबाट हिँडेका लामिछाने अहिले सिंगापुरमा रहेको चर्चा चलिरहेको छ । उनीसँग कानूनी परामर्शका लागि एक जना नेपाली कानून व्यवसायी काठमाडौंबाट सिंगापुर उडेको चर्चा आएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

Vianet communication
Laxmi Bank

सन्दीपले बलात्कार आरोप लागेको २ दिनपछि क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा सम्पर्क गरेर आफू नेपाल फर्किन लागेको र कानूनी लडाइँ लड्नका लागि कानून व्यवसायी खोजी दिन भनेका थिए । तर, त्यसयता उनी क्यानको सम्पर्कमा छैनन् । क्यानका पदाधिकारीहरूले पछिल्लो समय सन्दीप आफूहरूको सम्पर्कमा नरहेको बताएका छन् । 

यता, प्रहरीले पनि उनको खोजी गरिरहेको छ । लामिछाने कहाँ छन् भन्ने विषयमा जानकारी नभएको प्रहरीको दाबी छ । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले उनी कहाँ छन् भन्ने जानकारी नभएको भन्दै खोजी कार्य भइरहेको बताए । ‘सन्दीप लामिछाने कहाँ छन् भन्ने थाहा छैन हामीले पनि खोजी रहेका छौँ’, एसपी मैनालीले लोकान्तरसँग भने ।

एसपी मैनालीका अनुसार उनी विदेशमा रहेको र नेपाल आउनेबित्तिकै लामिछाने पक्राउ पर्ने छन् । यदि नेपाल नआएको खण्डमा उनलाई पक्राउ गरेर ल्याउने विभिन्न माध्यम भएको परिसरले बतायो ।

के सजिलै इन्टरपोलमार्फत ल्याउन सक्छ प्रहरीले ?

सन्दीप लामिछाने लामो समयसम्म नेपाल नआएर विदेशमै लुकेको खण्डमा इन्टरपोलबाट नेपाल ल्याउनसक्ने अवस्था भने त्यति सहज छैन । कानूनी प्रकृया पुर्‍याएर ल्याउनु पर्ने भएकाले तत्कालै ल्याउने अवस्था नदेखिएको प्रहरी अधिकारीहरू स्वीकार गर्छन् । 

इन्टरपोलले सामान्यतया जघन्य अपराधीहरूविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी गर्न अनुमति दिने गरेको छ । प्रहरी अधिकारीहरूका अनुसार इन्टरपोलले संगठित अपराध, लागुऔषधको अन्तर्राष्ट्रिय गतिविधि, अन्तर्राष्ट्रिय अपराधिक संगठन, आतंकवाद, हत्यालगायतका अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्नका लागि मात्र नोटिस जारी गर्ने गरेको छ । 

प्रहरीले सन्दीपलाई ‘रेड कर्नर नोटिस’मा नाम राखेर पक्राउ गर्न पहिला ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्छ । त्यसपछि मात्र ‘रेड कर्नर नोटिस’ जारी गर्न मिल्छ । त्यसका लागि नेपाल प्रहरीले गरेको अनुरोध इन्टरपोल हेड अफिसले मनासिब देखेमा मात्र जारी गर्न अनुमति दिन्छ । 

‘रेड कर्नर नोटिस जारी गर्दा यथेष्ट प्रमाणहरू दिनुपर्छ, त्यसको पनि इन्टरपोल हेडक्वाटरले पनि इनक्वाइरी गर्छ त्यसपछि मात्र जारी हुने हो’, एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

त्यसमा पनि उनी फरार हुनुपर्छ । अहिले प्रहरीले पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गरिरहेको छ । उनी दोषी हुन् वा होइनन् अदालतले पुष्टि गरेको छैन । यसरी इन्टरपोलमार्फत नोटिस जारी गरेर ल्याउन लामो समय लाग्छ । त्यसैले पनि सजिलै प्रहरीले लामिछानेलाई ल्याउन सक्ने अवस्था देखिँदैन ।

अर्कोतर्फ लामिछाने आफैँले आउँछु भनिरहेका छन् । उनी अन्तर्राष्ट्रिय खेलाडी भएकाले पनि सजिलै अन्य देशमा लुकेर बस्न सक्ने अवस्था छैन । कानूनका जानकारहरू जति ढिलो गर्‍यो उति नै उनी अप्ठ्यारोमा पर्ने भएकाले नेपाल आउने बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x