
एमाले नेता गोकुल बाँस्कोटाले राष्ट्रपतिको कार्यकाल सकिएपछि विद्या भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो हुने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था नरहेको उल्लेख गरेका छन् ।
‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन। राजनीतिबाटै उनीहरु राष्ट्रपति बनेका हुन्छन्। एकमात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरुपको राजनीति गरेकै छन्’, उनले भनेका छन्, ‘मेरो सिधा मत छ, वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।’