कात्तिक २८, २०८०
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ ।
धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ ।
तीन बर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन् ।
धेरै जनधनको क्षति हुनेगरी चलेको झण्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरु विस्थापित भएकाले चलचित्र हलहरु बन्द भएका थिए ।
अहिले चलचित्र देखाउन थालिएपनि दर्शकको सङ्ख्या भने अत्यन्त न्युन रहेको व्यवसायीहरूले बताएका छन् । ५२० सिट रहेको हलमा झण्डै एक दर्जन मात्रै दर्शक रहेको उनीहरूले जानकारी दिएका छन् ।
चलचित्र प्रदर्शनीको सुरुवात गत सेप्टेम्बर २० तारिखमा गरिएको थियो । त्यसको उद्घाटन काश्मिरका लागि भारतका उच्च प्रशासक मनोज सिन्हाले गर्नु भएको थियो । सो चलचित्र हलको सञ्चालन काश्मिरका व्यवसायीसँग मिलेर भारतीय व्यवसायीले गरेका हुन् ।
“मानिसहरू अझै पनि चलचित्र हेर्नेतर्फ सोँचेको देखिएको छैन, उनीहरू चलचित्रबाट धेरै टाढा पुगेकाले फेरि पहिलेकै अवस्थामा ल्याउन अझै केही समय लाग्न सक्छ, त्यो स्वभाविक हो,” एक स्थानीयले भने ।
अर्का एक स्थानीयको भनाइ थियो, “चलचित्रका बारेमा आम नागरिकको फरक फरक धारणा पाइन्छ, कतिपयले चलचित्र हेर्नुलाई राम्रो मान्छन् भने कतिपयले गलत मान्दछन्, मैले भने यसलाई प्रगतिको सङ्केतका रुपमा लिन्छु ।”
शनिबारको दिवाकालीन र सन्ध्याकालीन प्रदर्शनीमा कूल सीट सङ्ख्याको १० प्रतिशतभन्दा कम दर्शक आएको पाइएको छ । रासस/एपी
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...