२२ असार २०८३, सोमबार

पूर्व डिआईजी ब्रम्हचार्यले ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवारी दिने

पूर्व डिआईजी ब्रम्हचार्यले ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवारी दिने

पूर्व सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी) कृष्णभक्त ब्रम्हचार्य (केवी ब्रम्हचार्य)ले ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

दलका नेताहरूले देशमा विकास गर्न नसकेको र भ्रष्टाचार मौलाउँदै गएकाले त्यसको चङ्गुलबाट मुलुकलाई उम्काउनको लागि स्वतन्त्र उम्मेदवारी दिन लागेको ब्रम्हचार्यले बताए ।

‘दलका नेताहरूले देशलाई माथि ल्याउन सकेनन्। अझ भ्रष्टाचार मौलाउँदै गएको छ,’ ब्रम्हचार्यले लोकान्तरसँग भने, ‘देशलाई भ्रष्टाचारको जालोबाट उम्काउनको लागि मेरो उम्मेदवारी एक पाइला हो ।’

नेपाली सेनाबाट सशस्त्र प्रहरीमा आएका ब्रम्हचार्य अघिल्लो वर्ष सशस्त्र प्रहरीबाट अबकाश पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्