१६ असार २०८३, मंगलबार

धरानमा सयपत्री फूलको कारोबार उच्च

कात्तिक ९, २०७९
धरानमा सयपत्री फूलको कारोबार उच्च
प्रतीकात्मक तस्वीर

तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ ।

सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो ।

खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ । 

यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पूज्ने गरिन्छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ्ख्यामा बिक्री भएको छ । लक्ष्मी पूजाको दिन मात्र एक करोडको कारोबार भएको थियो । 

पन्ध्र दिन अघि नै भारतको कोलकत्ताबाट रु दुई लाख तयारी माला ल्याइएका थिए । नेपाली फूलका करिब दुई लाख नै माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए ।

भारतीय डेढ लाख माला रु ५० को दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत एक सय रुपैया परेको उनले बताए ।

भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले बताए ।

“यसपाली स्थानीय उत्पादन कम भयो त्यही भएर भारतीय फूलको कारोबार बढ्न गयो । तर गत वर्षको तुलनामा मूल्य वृद्धिसँगै कारोबार पनि बढेको छ,” व्यवस्थापक भट्टराईले भने ।

उनका अनुसार गतवर्ष एक करोड १५ लाखको फूलको कारोबार भएको थियो । भारतीय फूल न्यून आएको थियो । तर यस पटक फूलको कारोबार पनि बढेको छ ।

भारतबाट पनि धेरै फूल भित्रिएको उहाँको भनाइ छ । आज साँझसम्म बजारमा फूलको कारोबार हुँदा बिक्री सङ्ख्या अझै बढ्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्