
बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (२)मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन् । सुवेदीले नेकपा एमालेका उम्मेदवार नवराज पौडेललाई ७ हजार ८७ मतान्तरले पराजित गरेका छन् । सुवेदीले १४ हजार ६१० मत ल्याउँदा पौडेलले ७ हजार ५२३ मत पाएका हुन् ।
नेपाली कांग्रेस बागलुङका पूर्व जिल्ला सचिव पौडेल स्थानीय निर्वाचन पछि एमाले प्रवेश गरी उम्मेदवार बन्नु भनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटाले ६५५ र मंगोल नेशनल अर्गनाइजेशनका सहवीर थापाले २५७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत डा. दिवाघर भट्टले जानकारी दियो । बागलुङ क्षेत्र नम्बर २ (२) मा भने कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् ।