चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा नचलाउने भन्ने बारेमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक भएको बताएका हुन् ।
सचिव रायले रुग्ण उद्योगमा प्रयोग भएका मेसिनको पाटपूर्जा बिग्रिएमा विश्वमा नै नपाउने अवस्था रहेकाले निजी क्षेत्र र सरकार बसेर गम्भीर रूपमा छलफल गर्न आवश्यक बताए । उनले सरकारले विराटनगरको जुट मिल, हेटौँडाको कपडा उद्योग र जनकपुरको चुरोट कारखाना सञ्चालनमा ल्याउने भने पनि समस्या रहेको बताए । उनले पछिल्लो समय निजी क्षेत्र चार वस्तुको आयात प्रतिबन्ध भएको विषयलाई ठूलो मुद्दा बनाएको बताए ।
सचिव रायले सरकारले ६ महिनासम्म पाँच वस्तुको आयात खुला गरेको भए थप ५० अर्बको सामान आयात हुने देखिएको बताए । उनले चार वटा वस्तुको आयात प्रतिबन्धले मात्रै उद्योग व्यापारमा माग कमी नभएको बताए ।
‘अहिले हामी सबै आयात प्रतिबन्धमा रोकिरहेका छौँ । पाँच महिनासम्म ५ वडा अहिले आयात जम्मा ४ वडा वस्तु रोकिएको छ । सबै वस्तु खुला गरेर आयात गरेको भए ६ महिना करिब ६ अर्बको वस्तु आयात भएको छ । अरु ५० अर्ब बढीको आयात हुने थियो । विगतको डाटा हेर्दा हुन्छ । यो पनि दुई वटा भन्सारबाट मात्रै हुने थियो । उपभोग वस्तु धेरै आयात भएको छ । यो बीचमा दुई वटा निर्वाचन समेत भए चुनावमा केही खर्च भएको छ । तर, पनि किन समस्या भयो । समस्या सरकार र निजी क्षेत्र दुवैसँग छ’, उनले भने, ‘उद्योग बनाउनको लागि जग्गा लिन समस्या छ । उद्योग बनाउने थाहा पाउने बित्तिकै एक रातमा नै जग्गाको मूल्य बढ्छ । सरकारले रुग्ण उद्योग चलाउने कुरा गरेको छ । त्यस्ता उद्योग सञ्चालनमा ल्याउने वा नचालउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्नुपर्ने बेला आएको छ ।’
त्यस्तै वाणिज्य सचिव डा. तोयनारायण ज्ञवालीले सरकारले सोचे जस्तो विदेशी लगानी आउन नसकेको बताए । उनले नेपालजस्तै देश भियतनाम, कम्बोडियाजस्ता देशहरूमा जीडिपीको १५ प्रतिशतसम्म पुगेको बताए । उनले नेपालमा भने जिडीपीको १ प्रतिशतमा रहेको बताए ।
उनले उद्योगहरुको अन्तराष्ट्रिय देशहरुमा गुणस्तर तथा लागतको हिसावले प्रतिष्पर्धा गर्न सक्नुपर्ने अवस्था रहेको बताए । उनले मन्त्रालयले अहिले आएका नयाँ स्टार्टअप उद्यमको क्षेत्रमा पनि जान आवश्यक रहेकाले मन्त्रालयले काम गर्ने बताए ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...