×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

पाल्पा | मंसिर १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा एक विद्यालयले प्रयोगात्मकसँगै व्यावहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

कक्षा कोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कूलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो ।

हाललाई ९ कक्षाका विद्यार्थीलाई मात्रै सिकाउने गरिएको छ । विद्यालयको प्राङ्गणमा तान लगाएर गुन्द्री बुन्ने, दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ । बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिँदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने अवसर मिलेको छात्रा नमूना गौतमले बताए ।


Advertisment
cg elex island
Saurya island

‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ,’ उनले भने, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री हामी अन्यत्र आश्रित हुनुहँुदैन, विद्यालयले हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण बनाइदिएको छ ।’

गुन्द्री, दुनाटपरी समाजमा अनिवार्य रूपमा प्रयोग भइरहने वस्तु हुन् । सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ । छात्रा सभ्यता जिसी घरमा प्रयोग गरिए तापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालमै आएर सिक्न पाउँदा रमाइलो लागेको बताउँछन् । नेपाली भएर पनि आफ्ना संस्कार, संस्कृतिको जगेर्ना गर्न नसक्दा परम्परागत संस्कृति लोपोन्मुख हँुदै गएको छ । अहिलेलाई ९ कक्षाका विद्यार्थीलाई मात्र सिकाइएको सीप क्रमिकरूपमा अन्यलाई पनि सिकाइनेछ ।

Vianet communication
IME BANK INNEWS

घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहँुदा अहिले गुन्द्री बुन्ने, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन विद्यालयभित्रै प्रयोगात्मक ज्ञान, सीप सिकाउने गरिएको हो ।

शिक्षण सिकाइमा प्रयोगात्मक सिकाइअन्तर्गत विद्यार्थीलाई नयाँ कुरा सिकाउने र प्राचीनरूपमा घरमा प्रयोग हँुदै आएको तर अहिलेका पुस्तामा सीप हस्तान्तरण नहुँदा प्रयोग कम हँुदै गएको अवस्थामा विद्यालयमा नै सीप सिकाउने कार्य शुरू गरिएको प्रिन्सिपल गोपी सिग्देलले बताए ।

‘विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेका छन्, अभिभावकले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मकरूपमा लिनुभएको छ, छात्राहरू यससम्बन्धी सीप सिक्न पाउँदा खुशी छन्,’ उनले भने ।

थोरै समयमा आफ्नो समयतालिकाअनुसार उत्साहित भएर विद्यार्थीले सीप सिक्ने गरेको शिक्षक ईश्वरीदेवी श्रेष्ठ बताउँछिन् । उनका अनुसार दैनिक ४० मिनेटको समय पालैपालो सिकाइने गरिएको छ । लोप भएको कुरालाई उजागर गर्दै विद्यार्थीको पढाइमा असर नपर्ने गरी पुराना सीप जुन अनिवार्य प्रयोगमा आइरहन्छन्, सो सीपलाई सिकाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

अहिलेलाई छात्रालाई दुनाटपरी, गुन्द्री बुन्नेजस्ता सीप सिकाइएको छ । बिस्तारै बत्ती काट्ने सीप सिकाउने विद्यालयले जनाएको छ । छात्रलाई वायरिङ, प्लम्बिङजस्ता तालिम सिकाउने विद्यालयले योजना बनाएको छ । ९ कक्षामा हाल ४० विद्यार्थीमध्ये १३ छात्रा र २७ छात्र अध्ययनरत छन् ।

मन्टेश्वरीदेखि १२ कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा हाल १ हजार २० विद्यार्थी अध्ययनरत छन् । ६ देखि ८ कक्षासम्मका विद्यार्थीलाई विभिन्न खाजा, खानाको परिकार बनाउने कार्य, बिरुवा रोपण, विद्यालय प्राङ्गणमा करेसाबारी निर्माण, सरसफाइजस्ता कार्यक्रम भइरहेका छन् ।

विद्यालयको आन्तरिक स्रोत र नेपाल–भारत सहयोगमा २ स्कूल बस नियमित सञ्चालनमा छन् । विद्यालयमा रामपुरबाहेक स्याङ्जाको दामाचौर, माडी, साँखर र तनहुँको अत्रौली, पुट्टार क्षेत्रका विद्यार्थी दैनिकरूपमा बसमा विद्यालय आउँछन् । स्कुल बसको सुविधा भएपछि टाढाका विद्यार्थी घरबाटै यहाँ पढ्न आउने गरेका छन् । मन्टेश्वरीदेखि १ कक्षासम्मका विद्यार्थीलाई विद्यालयमा नै एक कर्मचारी व्यवस्था गरी खाजा बनाएर खुवाउने गरिएको छ । यहाँ ५२ शिक्षक कर्मचारी कार्यरत छन् । – सुशीला रेग्मी/रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ ८, २०७९

तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् ।  काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्...

माघ १४, २०७९

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले । ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका स...

माघ ७, २०७९

बागलुङको पश्चिम दुर्गम बुर्तिबाङको विपन्न परिवारकी रीमा तेनी अवसरको खोजीमा ३ वर्षअघि बुटवल झरिन् । २ छोराको जिम्मेवारी बोकेकी उनलाई अटो रिक्सा चलाउन धेरैले सुझाए । रिक्सा चलाउने ज्ञान नभएकी उनी काका नाता ...

माघ ६, २०७९

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्‍डामा आयोजना भएको छ। आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्&z...

माघ ७, २०७९

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् । उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युव...

माघ १४, २०७९

सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x