२८ जेठ २०८३, बिहीबार

दोलखामा माओवादीका कार्कीले फेरि लिए २६९ मतको अग्रता

मंसिर १८, २०७९
दोलखामा माओवादीका कार्कीले फेरि लिए २६९ मतको अग्रता

दोलखामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । मतगणनाको शुरुआतमा अग्रता लिएका कार्की यसअघि सार्वजनिक भएको मत परिणामसम्म पछाडि परेका थिए । पछिल्लो मत परिणाममा भने कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उछिन्दै २६९ मतको अग्रता कायम गरेका हुन् ।

पछिल्लो मत परिणाममा माओवादीका कार्कीले २१ हजार ४१२ मत प्राप्त गरेका छन् । एमालेका शिवाकोटीले २१ हजार १४३ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २४४ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्