×

NMB BANK
NIC ASIA

विश्वकप सेमीफाइनल : मेसीको लक्ष्य, क्रोएसिया र मोरक्कोको जोश अनि फ्रान्सको ऊर्जा

मंसिर २६, २०७९

NTC
Sarbottam
Via News18
Premier Steels
Marvel

कतारमा चलिरहेको फूटबल विश्वकप अहिले सेमीफाइनल चरणमा प्रवेश गरेको छ । 

Muktinath Bank

सेमीफाइनलमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को प्रवेश गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेमीफाइनलमा यी चार टीमबीच भिडन्त होला भनी कमैले मात्र अनुमान गरेका थिए । 


Advertisment
Nabil box
Kumari

मेसीको लक्ष्य

Vianet communication
Laxmi Bank

सेमीफाइनलको कथा लेखिँदा लियोनल मेसीलाई छुटाउनै सकिन्न । अर्जेन्टिनालाई उनले विश्वकप जिताउन सक्लान् त ? 

मेसीको करीयर असाधारण किसिमको छ । उनले स्पेनमा १० पटक अनि फ्रान्समा एकपटक लीग उपाधि जितिसकेका छन् भने चारपटक च्याम्पियन्स लीग, सन् २०२१ को कोपा अमेरिका अनि कीर्तिमान सातपटक बालोन डीओर पुरस्कार जितिसकेका छन् । 

तर ब्राजिलका पेले वा अर्जेन्टिनाकै डिएगो म्याराडोना जस्तो गरी मेसीले देशका लागि विश्वकप चाहिँ जित्न सकेका छैनन् । 

अर्जेन्टिनाले विश्वकप नजितेको ३६ वर्ष भइसकेको छ र सन् २०१४ को फाइनलमा पुगेको भए पनि ऊ पराजित भएको थियो । 

म्याराडोनाले हासिल गरेको उपलब्धिलाई दोहोर्‍याएर मेसीले महानतम फूटबलरको विरासत बनाउन सक्लान् ? 

मोरक्कोको चमत्कार जारी रहला ?

मोरक्कोले यस विश्वकपमा इतिहास रचिसकेको छ । 

विश्वकपको सेमीफाइनलमा पुग्ने पहिलो अफ्रिकी अनि मुसलमान बहुल पहिलो अरब मुलुक मोरक्को बनेको छ । 

हुन त मोरक्कोसँग हकिम जियेच र अचरफ हकिमी जस्ता हाईप्रोफाइल खेलाडी छन् । तर एटलस लायन्स धेरैजनाको अपेक्षाविपरीत यहाँसम्म आइपुगेका हुन् । 

क्रोएसिया र बेल्जियम समेत रहेको समूहलाई टपेर उनीहरू राउन्ड अफ १६ पुगेका थिए । त्यहाँ उनीहरूले स्पेनलाई हराए भने क्वार्टरफाइनलमा पोर्चुगललाई पन्छाए । अब उनीहरू थप एक कदम अघि बढ्न चाहन्छन् । 

फौलादी डिफेन्स तथा अथक वर्करेट (बल लिएर दौडिने) का कारण उनीहरू सफल भइरहेका हुन् । यस विश्वकपमा कुनै पनि विपक्षी टोलीले उनीहरूका विरुद्ध गोल गर्न सकेको छैन । 

अनि यस प्रतियोगितामा सबभन्दा धेरै मुखर समर्थकहरू पनि मोरक्कोकै छन् । 

आयोजकहरूले यो विश्वकप कतारको मात्र नभई सम्पूर्ण पश्चिम एसिया तथा मुसलमानहरूको भएको बताउने गरेका छन् । उनीहरूले मंगलवार पनि खुशी हुने अवसर पाउलान् त ? 

फ्रान्सले लगातार दुईपटक सफलता पाउला ?

तर मोरक्कोको बाटोमा तेर्सिएको ठूलो चुनौती फ्रान्स हो । ऊ युरोपको उत्कृष्ट टोली हो । 

६० वर्षअघि ब्राजिलले हासिल गरेको उपलब्धि दोहोर्‍याउनका लागि फ्रान्स आतूर छ । सन् १९६२ मा ब्राजिलले सफलतापूर्वक उपाधि रक्षा गरेको थियो । 

वास्तवमा हालैका वर्षमा उपाधि विजेताहरूले संघर्ष गर्नुपरेको छ । इटली, स्पेन र जर्मनी सबै उपाधि जितेपछि अर्को विश्वकपको पहिलो चरणबाटै बाहिरिएका थिए । तर १२ वर्षदेखिको त्यो अपशकुनलाई फ्रान्सले चिरेको छ र टोली ऊर्जावान देखिएको छ ।

शनिवार क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई हराएर फ्रान्स सन् १९९८ को ब्राजिल जस्तै सेमीफाइनलमा पुग्ने साबिक विजेता बनेको छ । 

व्यवस्थापक डिडिएर दिशँप चाहिँ अहिले मोरक्कोमा सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका छन् । 

क्रोएसियाले इतिहास दोहोर्‍याउला ?

यसपालिको विश्वकप फाइनलमा पनि अघिल्लोकै जस्तो स्थिति आउन सक्छ । फ्रान्सले मोरक्कोलाई अनि क्रोएसियाले अर्जेन्टिनालाई हराएमा सन् २०१८ कै विश्वकप फाइनलको पुनरावृत्ति हुनेछ । 

अविश्वसनीय रूपमा उत्थानशीलता देखाएर क्रोएसिया अन्तिम चारमा पुगेको छ । 

उसले राउन्ड अफ १६ मा जापान अनि क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी शूटआउटमा हराएर सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

क्रोएसियाले विश्वकपको नकआउट खेल ९० मिनेटभित्र जितेको २४ वर्ष भइसकेको छ । सन् १९९८ को क्वार्टरफाइनलमा उसले जर्मनीलाई ३–० ले हराएको थियो । 

क्रोएसियाको मिडफील्डका जादूगर लुका मोड्रिच ३७ वर्षको भइसकेका छन् । तर उनको टोली अतिरिक्त समयसम्म पुग्नुपरेको भए पनि मोड्रिच थाकेकै देखिँदैनन् । 

सन् २०१८ को विश्वकपमा अर्जेन्टिना समूह चरणमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो । यस विश्वकपमा पनि उसले क्रोएसियालाई हलुकामा लिने भूल गर्न पाउँदैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x