मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
प्रदेश १ का प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी शेर्पा समुदायले लगाउने परम्परागत पोशाक लगाएर बैठकमा सहभागी भएका छन् । प्रदेशसभा १ को दोस्रो कार्यकालको पहिलो बैठकमा उनी शेर्पा पोशाकमा सहभागी भएका हुन् ।
उनी शेर्पा पहिरनमा प्रदेशसभा बैठकमा सहभागी हुँदा अन्य प्रदेशसभा सदस्यहरूले उत्सुकताका साथ जिज्ञासा राखेका थिए । फरक प्रकृतिको पोशाक लगाएर आएका उनीसँग अन्य प्रदेशसभा सदस्यहरूले फोटो खिचाएका थिए । बैठक शुरु हुनुअघिसम्म उनीसँग फोटो खिचाउनेको भीड नै लागेको थियो ।
शेर्पा समुदायको बाहुल्यता रहेको सोलुखुम्बु १(२)बाट प्रदेशसभामा निर्वाचित एमाले उम्मेदवार राजभण्डारीले निर्वाचनअघि नै आफूले जिते शेर्पा समुदायको पोशाक लगाएर प्रदेशसभा बैठकमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए । शेर्पा समुदायको सम्मानका लागि उनीहरूको पोशाक लगाएर पहिलो बैठकमा सहभागी भएको सांसद राजभण्डारीले प्रतिक्रिया दिएका छन् । शेर्पा पहिरनको संरक्षण एवं प्रचारका लागि आफूले प्रदेशसभाको बैठकमा शेर्पा समुदायको पहिरन लगाएको उनले बताए ।
अन्य बैठकहरूमा आफूलाई मत दिने समुदायको भावनालाई प्रतिनिधित्व गर्दै उनीहरूको परम्परागत पोशाकमा सहभागी हुने तयारी गरेको प्रदेशसभा सदस्य राजभण्डारीले जानकारी दिए ।
यसअघि २०७४मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो कार्यकालको पहिलो बैठकमा पनि शेर्पा पहिरनमै सहभागी भएका थिए ।
अघिल्लो पटक वाम गठबन्धन भएका कारण माओवादी केन्द्रको समेत समर्थनमा जितेका उनले यसपटक भने माओवादीकै राजेन्द्र बस्नेत (शिव)लाई पराजित गरेका थिए । उनी अघिल्लो पटक एमाले संसदीय दलको प्रमुख सचेतक थिए । यसपटक उनी प्रदेश सरकारमा मन्त्री बन्ने चर्चा चलिरहेको छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...