३१ असार २०८३, बुधबार

सरकारले जारी गरेकाे चालुपुँजी कर्जा मार्गप्रदर्शन स्वागतयोग्य : उद्योग वाणिज्य महासंघ

सरकारले जारी गरेकाे चालुपुँजी कर्जा मार्गप्रदर्शन स्वागतयोग्य : उद्योग वाणिज्य महासंघ
फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य रहेको बताएका छन् । बिहीवार जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य रहेको बताएका हुन् । 

अध्यक्ष गोल्छाले उद्योगी व्यवसायीका समस्या चालुपँजी कर्जा मार्गदर्शनमा केही नीतिहरू परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतीको सामान गर्न भने नसक्ने बताए । उनले सरकारले बजारमा देखिएको उच्च बैंकको ब्याजदर कम गर्ने, तरलता सहज बनाउनेलगायतका काम गर्नुपर्ने उल्लेख गरे । 

अध्यक्ष गोल्छाले नयाँ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न धेरै चुनौती रहेको बताए । उनले खुला सीमानाबाट अनधिकृत रूपमा भइरहेको आयातका कारण सरकारको राजस्व संकलनको लक्ष्यभन्दा तल पुगेको बताए । उनले राजस्व संकलन २५ प्रतिशत कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको अवस्था रहेको दाबी गरे । 

अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रलाई योगदान गर्ने प्रमुख क्षेत्र जुत्ताचप्पल उद्योग पनि भएको बताउँदै जुत्ता चप्पल क्षेत्रमा देश आत्मनिर्भर भएको बताए । उनले जुत्ता चप्पल उद्योगमा देखिएका समस्या समाधान सरकारले तत्काल गर्नु आवश्यक रहेको बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले जुत्ता चप्पल उद्योगका लागि आवश्यक नीतिहरू स्पष्ट नभएको कारण समस्यामा परेको बताए । उनले भारतीय खुला सीमानाबाट जुत्ताचप्पल नेपाल आउने भएकाले उद्योगीहरू समस्यामा रहेको बताए । उनले सरकारले खुला सीमानाबाट हुने चोरीपैठारी नियन्त्रण गरी राजश्वको दायरामा ल्याउनुपर्ने बताए । उनले नयाँ सरकारले विधिको शासनलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्ने उल्लेख गरे । अध्यक्ष मल्लले नेपालमा उत्पादित जुत्ताचप्पल निर्यातमा प्रोत्साहन गरी विदेशी ब्राण्डलाई नेपालमा ल्याउन सक्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता चप्पल उद्योगको लागि नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन फितलो रहेको बताए । उनले सरकारको नीति नियम कार्यान्वयन प्रभावकारी नहुँदा र चोर्रीपैठारीको सामान नेपालमा आउँदा जुत्ता उद्योगहरू पूर्णरुपमा सञ्चालनमा आउन नसकेको बताए । उनले बैंकको चर्को ब्याजदर, तरलताको अभावको कारण उद्योगीहरू समस्यामा परेको बताए । 

नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला शुरू भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । प्रदर्शनीमा कुल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ४० विदेशी कम्पनी रहेको छन् । 

salt training

कमेन्ट गर्नुहोस्