२६ जेठ २०८३, मंगलबार

चुम्बकमा अडिएर गुड्ने चिनियाँ रेल

माघ १, २०७९
चुम्बकमा अडिएर गुड्ने चिनियाँ रेल

चीनले  खबे प्रान्तको सिओङआनमा हालै चुम्बकमा अडिएर गुड्ने रेल सार्वजनिक गर्‍यो । यो संसारको सबभन्दा ऊर्जा किफायती सवारीसाधनमध्ये एक भएको बताइएको छ । यस ट्रेनको डब्बालाई अत्यन्त शक्तिशाली चुम्बकमा जोडिएको छ र यो ट्य्राकसँग प्रत्यक्ष नजोडिइकन ट्य्राककै बाटो भएर गुड्छ । त्यसैले यसमा घर्षणको कुनै पनि समस्या हुँदैन । 

ट्य्राकलाई जमीनबाट माथि झुण्ड्याएर राखिएको छ । यसले गर्दा विद्यमान संरचना तथा वातावरणमा बाधा आउन पाउँदैन । 

यो अत्यन्तै सुरक्षित पनि छ । ट्य्राकको विद्युत् आपूर्ति बन्द भए पनि चुम्बकहरूले ट्रेनलाई मर्मत अवधिसम्म झुण्ड्याएर राख्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्