चैत ७, २०७९
फागुन १७ गते एकाएक छापामार शैलीमा प्रदेशको नामकरण गरियो । पहिलो कार्यकाल बेनामे भएपछि यसपालि छापामार शैलीमा नाम राखियो । त्यसपछि लगातार आन्दोलनका कार्यक्रमहरू भइरहेका छन् । जातीय पहिचान पक्षधरहरूले आन्दोलन ...
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारी क्षेत्रको वित्तीय व्यवस्थापनका विषयमा कुराकानी भएको छ ।
सोमवार प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नुपर्ने कानूनी व्यवस्थाका विषयमा कुराकानी भएको हो ।
कुराकानीका क्रममा प्रमुख शाहले सहकारीमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न काठमाडौं महानगरपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे । यसलाई थप प्रभावकारी बनाउन राष्ट्रबैंक र विज्ञहरूसँग सहकार्य गर्न तयार रहेको प्रमुख शाहको भनाइ छ ।
‘सहकारीमा बचतको सिलिङ सम्बन्धी कानूनी प्रबन्ध गर्न सक्छ,’ भेटमा गभर्नर अधिकारीले भने, ‘महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्रबैंकले उपलब्ध गराउन सक्छ ।’
काठमाडौं महानगरपालिका क्षेत्रमा अहिले १ हजार ९५५ वटा सहकारी छन् । तीमध्ये १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन् । २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमूलक, २ वटा शिक्षामूलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका १/१ वटा र अन्य ५ वटा सहकारी छन् ।
काठमाडौं कार्यक्षेत्र भएका सहकारीहरू महानगरको सहकारी विभागमा दर्ता भएर सञ्चालन हुन्छन् । सहकारी वित्तीय जोखिमका उजुरीहरू पर्ने गरेका छन् । यस्ता उजुरीमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्यसमिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन् ।
घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएका समस्या हुन् ।
फागुन १७ गते एकाएक छापामार शैलीमा प्रदेशको नामकरण गरियो । पहिलो कार्यकाल बेनामे भएपछि यसपालि छापामार शैलीमा नाम राखियो । त्यसपछि लगातार आन्दोलनका कार्यक्रमहरू भइरहेका छन् । जातीय पहिचान पक्षधरहरूले आन्दोलन ...
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतवार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ । कर्णाली प्र...
न्यायिक समितिमा आउने गरेका विषय र त्यसको समाधानका उपायका विषयमा छलफल गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते काठमाडौंमा राष्ट्रिय न्यायिक समिति सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनम...
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन् । सोमवार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको छैटौं सम्मेलनलाई सम्बोधन ग...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा मंगलवार शुभकामना दिँदै उनले सभ्य र सु...
मोरङको सुकुना बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियु पहिलोपटक पराजित भएको छ । यसअघि भएका सबै चुनावमा जितेको अनेरास्ववियुले २०७९ चैत्र ६ गते भएक...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...