×

कैलालीमा फागुन ११ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

माघ २५, २०७९

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिकामा आगामी फागुन ११ गते देखि २५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । 

कैलालीका केही स्थानीय तहमा लक्ष्यभन्दा कम मानिसहरूले हात्तीपाइलेविरुद्धको औषधी सेवन गरेको पाइएकाले औषधी खुवाउने कार्यक्रम जिल्लाभरि एकसाथ गर्न लागिएको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलपर्सन मीनबहादुर धामीले जानकारी दिए। 


Advertisment

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय सङ्कल्प रहेको उनले बताए । कुल जनसङ्ख्याको ६५ प्रतिशतलाई अनिवार्य रूपमा औषधी खुवाउनुपर्ने लक्ष्य रहेको छ । हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएकाले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने उनको भनाइ छ ।


Advertisment

यो औषधी सेवनले ९९ प्रतिशत मानिसहरू परजीवीमुक्त भएको भन्दै सम्पूर्ण मानिसले खान आवश्यक रहेको धामीले बताए । नगर प्रमुख देवीदत्त कँडेलले हात्तीपाइले रोग निवारण गर्न सबै वर्ग र समुदायको सहभागितामा औषधी सेवन कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक स्वतःस्फूर्त रूपमा जनचेतना जगाउन आवश्यक रहेको बताए । 

यसपटक कैलालीमा स्वास्थ्य मापदण्डअनुसार नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने बताइएको छ । उचाइ अनुसार दुई वर्ष माथिका सबै मानिसले औषधी खानुपर्नेमा विगतमा अभियान सञ्चालन गर्दा केहीले नियमित रूपमा खाने तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाइदिने कारणले अपेक्षा गरिएको अनुसार अभियान सफल हुन नसकेको कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरुले बताए ।  

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x