१६ असार २०८३, मंगलबार

खेलकुद क्षेत्रको बजेट बढाउँछु- प्रधानमन्त्री

फागुन १६, २०७९
खेलकुद क्षेत्रको बजेट बढाउँछु- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन्। 

मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने भन्दै मर्यादा र संस्कृति स्थापित गर्न पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए।

उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गरे।

उनले सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति,योजना र कार्यक्रम बनाएको बताए।

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्