×

Nic Asia
Dabur
Prabhu Bank

प्रेरणा

अपाङ्गता भएका दम्पतीको ‘स्विट बक्स’ व्यवसाय

फागुन २०, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

जीवनमा केही गर्नलाई अपाङ्गताले छेक्न सक्दैन भन्ने उदाहरण बनेका छन् वीरेन्द्रनगर–१० बुदबुँदेका ६८ वर्षीय नन्दप्रसाद चौलागाईं । इत्रामखोला पुलबाट दक्षिण पूर्वतर्फ करीब ५०० मिटर पार गरेर एउटा साधारण घरमा पुगेपछि उनी सदाझैं आफ्नै कर्ममा व्यस्त भेटिन्छन् ।

yONNEX
Frooti
Appy

नन्दप्रसाद अहिले यस्तो पात्र बनेर उदाएका छन्, जसको मेहनत, लगनशिलता, सफलता र अठोट अपाङ्गता भएकाहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

लामो समयदेखि मेरुदण्ड पक्षघात पीडित हुन् । बैशाखीको सहाराले मात्र हिँडडुल गर्छन् । पूर्ण दृष्टिविहीन पत्नी नन्दरुपाको साथमा उनले २४ वर्षदेखि मिठाइ प्याक गर्ने कागजका चारकुने बट्टा (स्विट बक्स) उद्यम सञ्चालन गर्दै आएका छन् ।


Advertisment
Lokantar App
Saurya island

नेपालगञ्जबाट कच्चा पदार्थ मगाएर नन्दप्रसाद र नन्दरुपाको जोडीलाई घरमै स्विट बक्स बनाउन भ्याइँनभ्याइँ छ । दुवै आँखा नदेखे पनि नन्दरुपा स्विट बक्स बनाउन खप्पिस छिन् । २०५५ सालमा सिन्धु सुधार नामक गैरसरकारी संस्थाले सुर्खेतमा आएर अपाङ्गता भएकाहरूका लागि सीपमूलक तालिम आयोजना गरेको थियो । १ हप्ते तालिममा नन्दरुपा सहभागी भइन् र कागजको झोला, थैला, बट्टा बनाउन सिकिन् । नन्दप्रसाद पत्नीलाई तालिममा ल्याउने, पुर्‍याउने काम गर्दथे । पत्नीबाटै उनले पनि कागजी सामान बनाउन सिकेका हुन् । ‘तालिम लिनु मात्र ठूलो कुरा होइन, व्यवहारमा उतार्नुपर्छ भन्ने लाग्यो अनि व्यवसाय शुरू गर्‍यौं,’ उनी भन्छन्, ‘खेर गएका अखबारहरू संकलन गरेर कागजका थैली बनायौं, काठमाडौंसम्म पठायौं, प्लाष्टिकका थैलीले बजार लिन थालेपछि हाम्रो उत्पादन पनि बिक्न छाड्यो, प्लाष्टिकका थैलीसँग प्रतिस्पर्धा गर्न सकिएन ।’

JYOTI
Vianet communication

बजारमा प्लाष्टिकको प्रयोग बढ्दो छ । यसले वातावरण प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत सोझै असर गरिरहेको छ । उनी प्लाष्टिकका थैलीका तुलनामा कम मूल्यमा कागजका थैला बट्टा उत्पादन गर्न सकिने बताउँछन् । 

प्लाष्टिकका थैलीपछि चौलागाई दम्पतीले स्विट बक्स बनाउन थाले । वीरेन्द्रनगरमा मिठाइ पसल, होटलहरू पनि थपिँदै गए । माग बढ्न थाल्यो । शुरूआत अर्थात् २०५५ सालमा प्रतिसेट १८ रुपैयाँमा स्विट बक्स बेचेका उनले अहिले प्रतिसेट ३८ रुपैयाँमा बेच्दै आएका छन् । मासिक सरदर २ हजार बट्टा उत्पादन गर्छन् ।

विभिन्न चाडपर्वहरूमा मिठाइ पसलहरूबाट चौलागाई दम्पतीले तयार गरेको बट्टाको अर्डर हुन्छ । सहकारी, संघसस्ंथा, कार्यालयले प्याकिङ खाजा खुवाउनुपर्‍यो भने पनि होटलहरू उनकै सम्पर्कमा आउँछन् । लगानी, घर खर्च, औषधि खर्च कटाएर वार्षिक डेढ लाख रुपैयाँ जति बचत हुने गरेको उनी बताउँछन् । साना उद्योग चलाउने धेरैजसोले आफ्नो व्यापार व्यवसायको दुरुस्त आय–व्यय राख्दैनन् तर नन्दप्रसादले व्यावसायिक हिसाबकिताब प्रस्ट राख्दै आएका छन् ।

‘२ छोरा र १ छोरीसहित परिवारको पालनपोषण, पढाइ खर्च र औषधि खर्चको मुख्य स्रोत यहीँ हो,’ उनी भन्छन्, ‘बट्टाको यो व्यवसायलाई परिवारका सबै सदस्यले आफ्नै श्रममा चलाएका छौं, व्यवसायका लागि छुट्टै श्रम जनशक्तिमा लगानी गर्नुपर्ने अवस्था छैन ।’

null

पहिला सिपाही, अहिले व्यवसायी

नन्दप्रसादले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष सेवा गरे । विक्रम संवत् २०३२ चैत्र १ गते सेनाको सिपाही दर्जाबाट सेवा शुरू गरेका उनले सेनाको अमल्दार पदबाट अवकाश लिएका हुन् । सेनामा रहँदा २०४१ सालमा प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उनका दुवै खुट्टाले शरीरलाई साथ दिन छाड्यो । अहिले पनि उनका २ खुट्टा चल्दैनन् । दिसापिसाब निरन्तर हुने समस्या छ ।

‘सेनामा छँदा प्याराप्लेजिया रोगले थलिएँ, जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत गर्न सम्भव भएन,’ बसाइँ सर्नुको बाध्यता सुनाउँदै उनी भन्छन्, ‘उपचारमा सजिलो होला भन्ने सोचेर वीरेन्द्रनगरमा बसाइँ सरेको हुँ, प्लेनबाट उपचार गर्न आउन–जान समस्या थियो ।’

जुम्लाको लाम्रा गाउँमा जन्मिएका नन्दप्रसाद २०५२ सालमा सुर्खेत बसाइँ सरेका हुन् । शुरूमा १० धुर जग्गा जोडेका उनको व्यावसायिक सफलताले वीरेन्द्रनगरमै १ कठ्ठा १५ धुर घडेरी र ७ कठ्ठा खेत जोडेका छन् । २०५४ सालदेखि २०५९ सम्म किराना पसल पनि चलाए । अहिले घर भएकै स्थानमा उनले नून र मट्टितेलको व्यापार पनि गरेका थिए ।

वीरेन्द्रनगरमा मिठाइको बट्टा उद्यम सञ्चालन गर्ने उनी भने पहिलो व्यवसायी हुन् । उनले विभिन्न मिठाइ पसल, होटलहरूलाई नियमित बट्टा उपलब्ध गराउँदै आएका छन् ।

नन्दप्रसाद व्यवसायी मात्र नभई कुशल प्रशिक्षक पनि कहलिएका छन् । वीरेन्द्रनगर नगरपालिका, वडा कार्यालय, विभिन्न संघसंस्था लगायतले अपाङ्गता भएकाहरूलाई लक्षित गरी सञ्चालन गरिएका तालिममा उनले प्रशिक्षकको भूमिका पाउने गरेका छन् । उनी भन्छन्, ‘अपाङ्गता भएकाहरू अहिले धेरैजसो उद्यममा जोडिएका छन्, अपाङ्गता भएकाहरूको जीवन पनि आत्मनिर्भर र सुन्दर छ भन्ने प्रमाणित गरेका छन् ।’ अपाङ्गता भएकाहरूले आफूलाई हिनताबोध गराउन नहुने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ ३, २०८०

आज बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले बुधवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसक...

जेठ ६, २०८०

पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे ।  शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...

जेठ १३, २०८०

हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास ग...

जेठ २५, २०८०

‘सगरमाथाबाट झर्दै थिएँ । खुम्बु आइसफलभन्दा माथि म एक्कासि चिप्लिएँ । तल खस्दै थिएँ । आफ्नै अगाडि एउटा शव देखेर झसंग भएँ । पछि पो थाहा भयो, म त्यही शवमा अड्किएर बाँचेको रहेछु । झन् डर लाग्यो । तै पनि सम्ह...

जेठ १९, २०८०

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो । पुरानो...

जेठ ८, २०८०

मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मंसिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ जेठ ...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x