२१ जेठ २०८३, बिहीबार
राजधानीमा सडक दुर्घटना

चक्रपथमा दुई गाडी, मोटरसाइकल र स्कुटर जुधेर दुर्घटना

चक्रपथमा दुई गाडी, मोटरसाइकल र स्कुटर जुधेर दुर्घटना

काठमाडौंको महाराजगञ्ज चक्रपथ चप्पल कारखाना अगाडि बिहीबार दुर्घटना भएको छ। 

दिउँसो ३ बजे २ वटा गाडी, २ वटा मोटरसाइकल र एक स्कुटर आपसमा जुधेका हुन्।

चक्रपथ रुटमा चल्ने गाडी र भ्यान आपसमा ठोक्किँदा अरू मोटरसाइकल र स्कुटर पनि जुधेका हुन्। 

घटनाका केही घाइते गम्भीर छन्। घाइतेलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्