×

NMB BANK
NIC ASIA

एमालेको 'मिसन ग्रासरुट' अभियान

भीम रावलका कार्यकर्ताद्वारा एमाले उपाध्यक्ष पौडेलमाथि अभद्र व्यवहार, विरोधबीच कार्यक्रम सम्पन्न

चैत १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत सोमवार अछाममा भएको कार्यक्रममा नेता भीम रावल पक्षधर कार्यकर्ताले अवरोध सिर्जना गर्न खोजेका छन् ।

Muktinath Bank

पार्टी उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा रावल समर्थित कार्यकर्ताले नाराबाजी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशव्यापी रूपमा चलिरहेको ‘मिसन ग्रासरुट’ अभियानका लागि सुदूरपश्चिममा जिल्लामा उपाध्यक्ष पौडेललाई खटाइएको थियो । साँफेबगरको खाद्य गोदाममा आयोजना गरिएको कार्यक्रममा पौडेलसहित सुदूरपश्चिम प्रदेशका नेताहरू सहभागी थिए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीलगायत सहभागी थिए । सल्लाहकार समिति सदस्य पदमराज जोशीले बोल्दै गर्दा रावलका कार्यकर्ताले नाराबाजी गरेका हुन्।

Vianet communication
Laxmi Bank

साँफेबगरमा आयोजित कार्यक्रममा सहभागी एमाले कार्यकर्ता

पौडेल सहभागी कार्यक्रममा रावलका कार्यकर्ताले गरेको अवरोधप्रति नेकपा एमाले सुदूरपश्चिम कमिटीका नेताहरू आक्रोशित बनेका छन् ।

‘विष्णु पौडेलजस्तो कसैलाई घोचपेच नगर्ने पार्टीको शालिन मान्छे उपस्थित कार्यक्रममा भएको हुलहुज्जतप्रति हामी लज्जित छौं’, विगतमा रावलनिकट मानिने एक पूर्वसांसदले लोकान्तरसँग भने, ‘गाउँमा आएको पाहुनालाई स्वागत सम्मान गर्ने परम्पराविपरीत जसको जुन व्यवहार भयो, यो हाम्रो पार्टीको अनुशासनविपरीत काम भयो ।’

पार्टीमा विद्रोह गरेर समानान्तर गतिविधिमा लागेका रावलसहित नेतालाई पौडेल संयोजकत्वको समितिले नै १० बुँदे सहमति गरेर पार्टीमा फर्काएको थियो । २०७८ मंसिरमा चितवनमा भएको महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका गरेका रावल लामो समयदेखि पार्टीमा निष्क्रिय छन्। 

पार्टीले दिएको जिम्मेवारी नसम्हालेका रावलले आफूखुशी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष ओलीले आलोचनासमेत गरेका थिए ।

‘पार्टी महाधिवेशनमा पराजित भएको र चुनावमा टिकट नपाएको तुष मिसन ग्रासरुट कार्यक्रममा पोखियो । जो नेताविरुद्ध रावल कमरेडले नाराबाजी गर्न लगाउनुभयो यसले राजनीतिक रूपमा उहाँलाई नै क्षति भयो’, सुदूरपश्चिम कमिटीका ती नेताले भने ।

साँफेबगरमा आयोजित कार्यक्रममा विष्णु पौडेल, लेखराज भट्ट र कर्ण थापालगायत एमाले नेताहरू

रावलका कार्यकर्ताको अवरोधबीच कार्यक्रम भने सम्पन्न भएको छ । जिल्लामा एमालेको कार्यक्रम हुँदा रावल भने धनगढीमा थिए । कार्यक्रममा प्रमुख अतिथि पौडेलले रावलविरुद्ध कुनै अभिव्यक्ति दिएका थिएनन् । बरु उनले कसैका विरुद्ध आरोप लगाउने काम नगर्न नेताहरूलाई निर्देशन दिएका थिए । 

अछामका भएको कार्यक्रममा अवरोध भएको घटनाप्रति पार्टीपंक्तिमा विरोध भएपछि रावलले उल्टै पौडेलविरुद्ध अक्रोश व्यक्त गरेर ट्वीट गरेका छन् ।

‘चैत १३ गते अछाम, साँफेबगरको एक कार्यक्रममा विष्णु पौडेलजीले मेरोविरुद्ध लगाउनुभएका आरोप निराधार छन्। ती आरोपमा कुनै तथ्य राख्न नसकी भ्रम छर्ने  दुष्प्रयास गरिएको छ। उहाँको भनाइ प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित छ । सबै देशभक्त इमानदारहरू सजग रहौं’, रावलले सोमवार साँझ ट्वीटरमा एक सन्देश लेखेका छन् ।

एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत पार्टीकै कार्यकर्ताले अवरोध गरेको पहिलो घटना हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x