
सामान्यतया प्रेमीप्रेमिकाबीच आपसी सौहार्दता हुनुपर्ने कुरामा कुनै विवाद हुँदैन तर ‘लभ’ चक्करले निरन्तरता नपाउँदा त्यो ज्यानमारा समेत हुने देखिएको छ ।
भारतको छत्तीसगढस्थित कबीरधाममा प्रेमिकाले अर्कैसँग विवाह गरेपछि दर्दनाक घटना भएको छ ।
प्रेमिका ललिताका परिवारले हेमेन्द्र मेरावीसँग विवाह गरिदिएपछि पूर्व प्रेमी सन्जु मरकाम आक्रोशित बनेका थिए । उनले प्रेमिकासँग बदला लिने योजना बनाए ।
योजनाअनुसार उनले विवाहका दिन ‘होम थिएटर’ गिफ्ट गरे, जसभित्र उनले बारुद भरेका थिए । बारुदले भरिएको ‘होम थिएटर’ बेहुलाको घरसम्म पुग्यो । त्यहाँ पुगेर विस्फोट हुँदा बेहुला हेमेन्द्र र उनका भाइको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले आरोपी सन्जू मरकामलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।