३० असार २०८३, मंगलबार

पीटीआई अध्यक्ष इमरान खानले श्वेतपत्र जारी गर्ने

पीटीआई अध्यक्ष इमरान खानले श्वेतपत्र जारी गर्ने

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारको विगत तीन वर्षको कामको समिक्षा गर्दै श्वेतपत्र प्रस्तुत गर्ने भएका छन् ।

स्रोतका अनुसार खानले भिडियो लिङ्कमार्फत् देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्नेछन् । पत्रमा उनले आफ्नो सरकारको कार्यसम्पादन र पीडीएम सरकारको काम तुलना गर्ने बताइएको छ । 

पाकिस्तानी एआरवाई न्यूजका अनुसार पीटीआईले आफ्ना प्रतिद्वन्द्वी, गठबन्धन सरकारमा रहेका दलहरूको आर्थिक प्रदर्शनको अत्यधिक आलोचना गरेको छ र उनीहरूले गत वर्ष अप्रिलमा सत्ताबाट हटाइएदेखि नै देशलाई धराशायी बनाएको आरोप लगाएको छ । 

पार्टीले सत्तारुढ गठबन्धनले गलत आर्थिक निर्णय गरेको भन्दै लगातार आलोचना गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्