मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
बैशाख ८, २०८०
नेपाल र भारतबीच राजनीतिक मात्र नभई धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहिआएको छ ।
त्रेतायुगमा अयोध्याका भगवान् श्रीरामले जनकपुरकी माता जानकीसँग विवाह सम्बन्ध कायम गरेदेखिको द्विदेशीय सम्बन्ध हालसम्म विद्यमान छ । यस सम्बन्धलाई थप फराकिलो बनाउन मानसखण्डले पनि योगदान गर्ने तथ्यमा विज्ञहरूले जोड दिएका छन् ।
यसै साता नेपालको सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मानसखण्ड कसरी नेपाल र भारतबीच सांस्कृतिक सेतु बन्न सक्छ भन्ने विषयमा तीनदिने प्राज्ञिक सम्मेलन आयोजना गरिएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको आयोजना तथा अन्तर्राष्ट्रिय सहयोग परिषद्, कुमाऊँ विश्विद्यालय, ऋषिहूड विश्वविद्यालय, महाकाली साहित्य संगम लगायतका संस्थाको सहआयोजनमा भएको उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न विज्ञ तथा अनुसन्धाताहरूले मानसखण्डका विषयमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।
पहिला, मानसखण्ड भन्नाले के बुझिन्छ त्यसको चर्चा गरौं । हिन्दू धर्ममा रहेका १८ वटा पुराणमध्ये स्कन्दपुराणमा मानसखण्डको प्रसंग आउँछ । त्यहाँ हिमवत् खण्ड (मध्य तथा पूर्वी नेपाल), मानसखण्ड (कर्णालीका केही भाग तथा सूदूरपश्चिम प्रदेश), केदार खण्ड (कुमाऊँ गढवाल), जालन्धर खण्ड (पञ्जाब, हिमाचल, जम्मु कश्मीर) र काशी खण्ड (बनारस, उत्तर प्रदेश) को उल्लेख छ ।
मानसखण्डको एक्काईसौं अध्यायमा एउटा श्लोक आउँछ ।
नन्दपर्वतमारभ्य यावत् काकगिरिः स्मृतः ।
तावद् वै मानसः खण्डः ख्यायते नृपसत्तम ।।
अर्थात्, नन्द पर्वत (आधुनिक समयमा पाकिस्तान नियन्त्रित गिल्गिट बाल्टिस्तानमा रहेको नंगा पर्वत) देखि शुरू भएर कर्णाली प्रदेशमा रहेको कागमारा लेक (काकगिरी) सम्मको भूभागलाई मानसखण्ड भनिन्छ ।
तिब्बतमा रहेको मानसरोवरको विस्तृत भूभागका रूपमा मानसखण्डको नाम राखिएको विद्वानहरू अनुमान गर्छन् । यो देवभूमि तथा पवित्र तीर्थस्थल हो ।
यस पौराणिक आख्यानले वर्णन गरेको भूभाग नेपाल र भारत दुवै क्षेत्रमा पर्ने हुनाले यसलाई सम्पर्क तथा सम्बन्ध विस्तारको सेतु बनाउनुपर्ने भनी मानसखण्ड सम्मेलनमा सहभागी वक्ताहरूले जोड दिएका थिए । राजनीतिक सीमाले दुई देशलाई छुट्ट्याएको भए पनि दुवैतर्फको सांस्कृतिक तथा सामाजिक समानताले हृदय जोडिएको उनीहरूको कथन छ ।
कार्यक्रमको एक प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुत गर्ने भारतीय विदुषी डा अनुराधा गोस्वामीले नेपाल र भारतबीच भूराजनीतिक भन्दा पनि भूसांस्कृतिक सम्बन्धमा जोड दिनुपर्ने कुरा औंल्याएकी थिइन् । अन्य वक्ताहरूले पनि यही प्रस्थानविन्दुमा सहमति जनाएका थिए । त्यस्तो भूसांस्कृतिक सम्बन्ध विस्तारका लागि मानसखण्ड उपयुक्त माध्यम भएकोमा सबैको सम्मति थियो ।
विशेषगरी भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको युग शुरू भएपछि छिमेकीहरूसँगको भूसांस्कृतिक सम्बन्धमा जोड दिन थालिएको कुरा स्मरणीय छ । चारपटक नेपाल भ्रमण गर्दा मोदीले पशुपतिनाथ, जानकी मन्दिर, मुक्तिनाथ र लुम्बिनीलाई केन्द्रमा राखेका थिए । त्यसक्रममा उनले रामायण सर्किट र बौद्ध सर्किटको प्रसंग निकालेर नेपाल र भारतबीचको ‘कनेक्टिभिटी’ लाई एक कदम अघि बढाउनका लागि उत्प्रेरित गरेका थिए ।
चीनले बेल्ट यान्ड रोड इनिसिएटिभमार्फत प्राचीन रेशममार्गको पुनरुत्थान गर्दै भूसांस्कृतिक सम्पर्कमा जोड दिएजस्तै भारतले पनि आफ्ना छिमेकीहरूसँगको साझा सांस्कृतिक सम्बन्ध पहिल्याउन कोशिश गरिरहेको छ । मध्य एसियाली मुलुकहरूसँग साझा बौद्ध विरासतमार्फत भूसांस्कृतिक सम्बन्धलाई अघि बढाउने कोशिश गरिरहेको भारतले नेपालसँगको शताब्दियौं पुरानो सम्बन्धलाई थप उचाइमा लैजान चाहनु स्वाभाविक नै हो ।
त्यसै सिलसिलामा रामायण र बौद्ध सर्किटसँगै मानसखण्ड सर्किट पनि जोडिनुपर्नेमा नेपाली र भारतीय विज्ञहरूको मतैक्य मानसखण्ड सम्मेलनमा देखिएको थियो ।
मानसखण्डका अध्येता पदमराज जोशीले यस क्षेत्रको तीर्थाटन मार्गको विस्तृत वर्णन गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । मानसखण्डलाई एक आत्मा अनि नेपाल र भारत त्यसका दुई शरीरका रूपमा उनले वर्णन गर्दै कैलालीको गोदावरीबाट शुरू गरिएको तीर्थयात्रा सुदूरपश्चिम तथा कुमाऊँका विभिन्न भाग हुँदै गोदावरीमा आएर समाप्त हुने परिकल्पना प्रस्तुत गरेका थिए ।
मानसखण्डको सांस्कृतिकका साथै आर्थिक सम्पर्क पाटोमा पनि कतिपय विद्वानहरूले जोड दिएका थिए । यस विषयमा गहिरो अध्ययन गरेकी भारतीय प्राध्यापक प्राध्यापक वसुधा पाण्डेले आस्थाको अर्थशास्त्रका विषयमा चर्चा गरेकी थिइन् ।
मानसखण्ड क्षेत्रको स्थानीयतालाई सुरक्षित गर्दै अर्थतन्त्रलाई गति दिनका लागि दुवै देशका सरकारले प्रयास गर्नुपर्नेमा उनको जोड थियो । मानसखण्ड अन्तर्गतको भारतीय तीर्थस्थलीमा आउने यात्रीहरूलाई नेपालतर्फ पनि आकर्षित गराई पूँजी सिर्जनाको अवसर दिलाउने विषयमा नेपाल सरकारले कार्ययोजना बनाउनुपर्ने उनको सुझाव थियो ।
त्यस्तै अर्का भारतीय विद्वान् डा निहार नायकले भारतीय पर्यटक नेपाल भित्र्याउनका लागि सडक पूर्वाधारलाई व्यापक रूपमा सुधार गर्नुपर्ने धारणा राखेका थिए । उत्तराखण्ड सरकारले पर्यटन योजनाहरू बनाएको र मानसखण्डअन्तर्गतका १७ वटा स्थानलाई विशेष महत्त्वको क्षेत्रका रूपमा लिएको स्मरण गराउँदै नेपालले पनि त्यस्तै योजना ल्याउनुपर्ने उनको धारणा थियो । सुदूरपश्चिमका स्थानीय मेलापर्वहरूको प्रचारप्रसार गर्दा भारतीय पर्यटकहरू आकर्षित हुने उनको भनाइ थियो ।
कार्यक्रमको अन्तिम दिन अन्तर्राष्ट्रिय सहयोग परिषद्का अध्यक्ष श्याम परान्देले मानसखण्ड करिडोरका लागि पहल गर्न सुझाव दिएका थिए । धार्मिक पर्यटन, रोजगार, कृषिजस्ता जनजीविकासँग जोडिएका क्षेत्रलाई समेटेर मानसखण्ड करिडोर कनेक्टिभिटी तयार पारिनुपर्ने उनको भनाइ थियो ।
सीमाका दुवैतर्फ जुम्ल्याहा शहरको अवधारणामा साना नगरहरूको निर्माण गरिनुपर्ने भनी सम्मेलनका एक वक्ताले दिएको सुझाव पनि विचारणीय छ ।
यसरी नेपाल र भारतबीच रहेको बलियो राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई नवीन आयाम दिनका लागि मानसखण्ड उपयुक्त माध्यम बन्न सक्ने देखिन्छ । मानसखण्डमा रहेका अनेकौं तीर्थस्थलका विषयमा भारतका हिन्दूहरूलाई सूचना उपलब्ध गराउनु आवश्यक छ ।
नेपालतर्फ मानसखण्डमा भौतिक पूर्वाधारलाई स्तरोन्नति गरी ठूलो संख्यामा भारतीय पर्यटक/तीर्थयात्री भित्र्याउनका लागि नेपाल सरकार र सुदूरपश्चिम सरकारले समन्वय गर्नुपर्छ । मानसखण्ड सम्मेलनका एक वक्ताले दुई देशको संयुक्त पर्यटन बोर्ड बनाउनका लागि पहल गर्नुपर्ने भनी दिएको सुझाव मननयोग्य छ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...