×

NMB BANK
NIC ASIA

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई ३० दिनभित्र अदालत झिकाउन आदेश

विराटनगर | बैशाख १६, २०८१

NTC
Premier Steels

उच्च अदालत विराटनगरले जबरजस्ती करणी मुद्दाका प्रतिवादी ‘सिद्धबाबा’ भनिने धर्मगुरु कृष्णबहादुर गिरीलाई ३० दिनभित्र अदालत उपस्थित हुन आदेश दिएको छ ।

Muktinath Bank

उच्च अदालतका न्यायाधीश नरेशकुमार चौधरी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले गिरीलाई अदालत झिकाउन आदेश गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३० दिनभित्र गिरीलाई अदालतमा उपस्थित हुन आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

अदालतको आदेश गरेपछि पत्र समेत काटिसकेको छ । गिरीले पत्र बुझेपछि अदालत उपस्थिति हुनुपर्नेछ ।

Vianet communication

अदालत उपस्थित नभए ३० दिनपछि पेशी चढ्ने र त्यसपछि अदालतले फैसला गर्ने कानून व्यवसायीहरूले बताए । 

यसअघि सुनसरी अदालतले आरोपित गिरीलाई गत वर्ष भदौ २७ गते सफाइ दिएको थियो ।

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोप उनीमाथि छ । 

अदालतले उनलाई दोस्रोपटक सफाइ दिएको हो । त्यसअघि उक्त मुद्दामा २०७७ साल मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई पहिलोपटक सफाइ दिएको थियो  ।

यद्यपि, उच्च अदालतले पुनः प्रमाण बुझी फैसला गर्न आदेश दिएर मुद्दा सुनसरी अदालतमा पठाएपछि न्यायाधीश कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो ।

अदालतमा गिरीको महिला अनुयायीसँगको अडियो संवादलाई प्रमाणको रुपमा पेश गरिएको थियो । तर मुख्य प्रमाणको रुपमा पेश भएको सो ‘अडियो रेकर्ड’ परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै गिरीलाई सफाइ दिने फैसला अदालत गरेको थियो ।

त्यसपछि सरकारी वकिलको कार्यालयले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएको थियो ।

२०७६ कात्तिक ४ गते काठमाडौंबाट आएकी महिला अनुयायीलाई सिद्धबाबाले आफ्नो कुटीमा बोलाएर करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

मध्यरातमा भेट्न आउनु भनेर बोलाएपछि गएकी महिलालाई गिरीले जबर्जस्ती करणी गरेको आरोप छ ।

अदालतमा गिरीले महिलासँग गरेको सम्वादलाई अडियो प्रमाणको रुपमा पेश गरिएको थियो । तर मुख्य प्रमाणको रुपमा पेश भएको ‘अडियो रेकर्ड’परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै जिल्ला अदालतले गिरीलाई सफाइ दिएको थियो ।

जिल्ला अदालतको फैसलाको पूर्णपाठमा अडियो रेकर्डको आवाज मिले पनि परीक्षण गर्ने नेपाल प्रहरीका कर्मचारीले कुनै विश्वविद्यालयबाट डिग्री नलिएको र अडियोको विश्वसनीयतामा पनि प्रश्न उठेका कारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने उल्लेख छ ।

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबाले विराट नर्सिङ होमको बेडबाट महिलालाई फोन गरेर ‘अब त्यस्तो हुँदैन, त्यस्तो भयो भने लिङ्ग काटेर फालिदिन्छु’ भन्दै माफी मागेको अडियो सार्वजनिक भएको थियो ।

प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा सिद्धबाबाको आवाजसँग प्रमाणको रुपमा पेश भएको अडियो ७६.९ प्रतिशत मिलेको थियो ।

तर अदालतमा वकपत्र गर्दा परीक्षण गर्ने प्रहरी अधिकृतले अडियो परीक्षणको तालिम लिएको तर कुनै विश्वविद्यालयबाट अडियो अनुसन्धानमा डिग्री नलिएको बयान दिएका थिए ।

परीक्षण गर्ने अधिकृतको डिग्री नभएका कारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने फैसला गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x