१४ असार २०८३, आइतबार

इटहरीको पशुपति चोकबाट सात जुवाडे पक्राउ

बैशाख १३, २०८०
इटहरीको पशुपति चोकबाट सात जुवाडे पक्राउ

इटहरी उपमहानगरपालिका–२ पशुपति चोकस्थित केदर श्रेष्ठको घरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ का ३४ वर्षीय दिपक थापासहित ७ जना रहेका प्रहरीले जनाएको छ ।

जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलवार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनीहरुको साथबाट २५ हजार ७ सय ९५ रूपैयाँ नगद र ६ बुक तास बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्