२२ असार २०८३, सोमबार

चीनले क्यानडाकी कूटनीतिकर्मीलाई गर्‍यो देशनिकाला

बैशाख २६, २०८०
चीनले क्यानडाकी कूटनीतिकर्मीलाई गर्‍यो देशनिकाला

चीनको परराष्ट्र मन्त्रालयले शाङ्हाईस्थित क्यानडाको वाणिज्य दूतावासमा कार्यरत एक कूटनीतिकर्मीलाई देश छोडेर जान भनेको छ । 

मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार, क्यानडाकी कूटनीतिकर्मी जेनिफर लिन लालोन्देलाई मे १३ सम्ममा चीन छोड्न भनिएको छ । 

यसअघि क्यानडाले टोरन्टोमा कार्यरत चिनियाँ कूटनीतिकर्मी चाओ वेलाई पाँच दिनभित्र देश छोडेर जान भनिएको थियो । चाओले विपक्षी कन्जर्भेटिभ पार्टीका सांसद माइकल चोङ तथा हङकङमा रहेका उनका नातेदारहरूलाई धम्की दिएको भनी क्यानडाको गुप्तचर निकायले खुलासा गरेपछि क्यानडा छोडेर जान भनिएको हो । 

आफ्ना कूटनीतिकर्मीलाई निकालिएपछि चीनले पनि प्रतिकारात्मक कारवाही गर्दै क्यानडेली कूटनीतिकर्मीलाई देशनिकाला गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्